×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक ६० हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंक ६० हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – जनता बैंकसँग लगनगाँठो कस्ने निर्णय गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० हकप्रद सेयर निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । सिद्धार्थले ८५ करोड १५ लाख ५६० रुपैयाँको ८५ लाख १५ हजार ५.६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । १०ः६ अनुपातमा आउने यो हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लमिटेडले गर्नेछ । 
जनताले सिद्धार्थ डेभलपमेन्टलाई गत सातामात्र एक्वायर गर्ने निर्णय  गरेको हो । जनताले किन्ने भएपछि सिद्धार्थको बिहीबारदेखि सेयर कारोबारसमेत रोक्का भइसकेको छ । आठ अर्ब चुक्ता पुँजी युर्याउने अभियानमा जनताले सिद्धार्थ डेभलपमेन्टलाई एक्वायर गर्न लागेको हो । हाल सिद्धाथको चुक्ता पुँजी एक अर्ब ४१ करोड  ९१ लाख ६८ हजार रुपैयाँ छ । सिद्धार्थलाई भित्र्याएपछि जनतलाई चुक्ता पुँजी पुर्याउन थप सहज हुनेछ । 
यसअघि जनताले त्रिवेणी विकास बैंकलाई पनि मिसाउने निर्णय गरिसकेको छ । सिद्धार्थले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १८ करोड ६८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३३ पैसा (बार्षिकीकरण) रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ४५ पैसा छ । 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी