
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सले १९.२३५ हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसआधारमा इन्सुरेन्सले आठ करोड ६२ लाख १२ हजार ५०० रुपैयाँको आठ लाख ८२ हजार १२५ कित्ता सेयर बिक्री गर्न लागेको हो । ५.२ः१ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्दैछ ।
हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले आठ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने २६७ रुपैयाा १८ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्