×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्डको एफपिओ खुल्यो, आफ्नो खाता रहेको बैंकमा गएर भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्टान्डर्ड चार्टर्डको एफपिओ खुल्यो, आफ्नो खाता रहेको बैंकमा गएर भर्न सकिने

Artha Sarokar

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौँ – स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट एफपिओ निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्काशन गरेको हो ।
  
बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्काशन गरेको हो । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्छ ।
ईक्रा नेपालको रेटिंङमा बैंकले टु प्लस पाएको छ । यस्तो रेटिंङले  बैंकको शेयर औसतभन्दा राम्रो देखाएको छ । बैंकको अहिले तीन अर्ब ७४ करोड रुपैयाँ पूँजी छ । एफपिओबाट आउने साढे २५ करोड रुपैयाँ थपिँदा चुक्ता पूँजी करिव चार अर्ब पुग्छ। प्रिमियम बापत उठ्ने बाँकी तीन अर्ब चार करोड रुपैयाँ जगेडा कोषमा जाने छ ।
वाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्र चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्छ। चार्टर्डले आफ्नो पूँजी बृद्धि योजनामा असार मसान्तभित्र ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा वुझाएको छ ।
बोनस शेयर र एफपिओबाट चार अर्ब पूँजी पुगेपछि चार्टर्डलाई राष्ट्र बैंकले व्यवस्था गरे अनुसार आठ अर्ब पुर्याउन थप चार अर्ब आवश्यक पर्छ । बैंकले पुस मसान्तसम्म ७४ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले चालु बर्ष गरेको नाफा र एफपिओको प्रिमियमबाट आएको रकमबाट चार अर्बको बोनस सेयर वितरण गर्नु पर्छ। त्यसपछि बैंकको पूँजी ८ अर्ब नाघ्ने छ । बैंकको सेयर आफ्नो खाता रहेको बैंकबाट भर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी