
- अर्थ सरोकार सम्बाददाता
स्तार्ट्स अप नेपालले उद्यमीहरूलाइ लक्षित गर्दै एक सीपमुलक कार्यक्रम आयोजना गर्ने भएको छ । ‘सीड क्याम्प’ नाम दिइएको उक्त कार्यक्रममा इच्छुक महिला उद्यमीहरुले भाग लिने पाउने बताइएको छ । २१ अप्रिलदेखि २५ अप्रिलसम्म सम्पन्न हुन लागेको उक्त कार्यक्रम काठमाडौँमा हुने बताइएको छ ।
‘उद्यमी सीड क्याम्प ५ दिनको गहन सिपमुलक कार्यक्रम हो । जहाँ नव-उद्यमीहरूले व्यवसाय निर्माणको बारेमा सिक्न, नेटवर्किंङ गर्न, र आफ्नो उद्यमको सुरुवात गर्न आवश्यक लगानी सुरक्षित गर्न सक्दछन् ।’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीड क्याम्प आयोजना गर्नुको मूल उद्धेश्य – भिन्न तथा नविनतम व्यावसायिक विचारलाई सहयोग गरी व्यावसायिक सञ्जाल अभिवृति गर्नु हो हाम्रा दक्ष तथा अनुभवी उद्यमी, उद्योग विशेषज्ञ, र लगानीकर्ताहरुले नव उद्यमीलाई आफ्नो व्यवसायिक यात्रा सुरु गर्न मद्दत गर्दछन् ।’
उक्त कार्यक्रमले सम्पूर्ण इच्छुक उद्यमीहरूलाई उद्यमी बन्ने सपना पुरा गर्न मद्दत गर्नुका साथै उनीहरुको आफ्नो उद्यमी सोचलाई गति प्रदान गर्ने संस्थाको दावी छ । उक्त कार्यक्रममा भाग लिने १५ अप्रिल २०१७ सम्ममा आवेदन दिइसक्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यक्रममा आएका आवेदनहरुमध्येबाट छानेर कार्यक्रममा सहभागी गराईने बताइएको छ । अन्य जानकारीका लागि संस्थाको वेवसाइट मा सम्पर्क गर्न सकिने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्