
साताको चौथो दिनको सेयर कारोबारमा तिब्र उतारचढाव देखिएको छ। कारोबार सुरु भएको पहिलो १० मिनेटमा ३३ अंकले बढेर १६४३ को बिन्दुमा पुगेको नेप्से २२.३३ अंकले घटेर १५८८ को बिन्दुमा फर्किएको छ।
बुधबार कारोबारमा आएका १४९ कम्पनीको ५० लाख ३३ हजार कित्ता सेयर खरिद बिक्रिबाट २ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको नेपाल बंगलादेश बैंकको संस्थापक र साधारण सेयर गरि करिब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अन्य बढी कारोबार हुने कम्पनीहरुमा समेत बाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन। नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको नेपाल बैंक, सानिमा बैंक, एनसीसी बैंक, लक्ष्मी बैंकको सबै भन्दा बढी कारोबार भएको छ।
करिब अढाई अर्बको कारोबार हुँदा ४५ कम्पनीका लगानीकर्ताले कमाएका छन। जसमा सिन्धु र कन्काई बिकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सस्तोमा सेयर उठाउनेहरुले बढेको बजारमा नाफा बुक गर्न खोज्दा आएको सेलिंग प्रेसरले कारोबार रकममा टेवा मिलेपनि नेप्सेमा भने करेक्सन देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्