×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टुरिजमको चैत १३ देखि १००% हकप्रद सेयर आउँदै

LAXMI SUNRISE BANK
GLOBAL

टुरिजमको चैत १३ देखि १००% हकप्रद सेयर आउँदै

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मेगा बैंकसँग मिसिन लागेको टुरिजम डेभलपमेन्ट बैंकले चैत १३ गतेदेखि १००५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । टुरिजमले ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
हकप्रद बिक्री गर्न टुरिजमले मंगलबार सूचना सार्वजनिक गरेको छ । आवेहकले यो हकप्रद सेयर बैशाख १७ गतेसम्म भर्न पाउनेछन् । माघ ६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । हकप्रद सेयर बिक्रीपछि टुरिजमको चुक्ता पुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार ४०० रुपैयाँ पुग्नेछ ।
टुरिजमले यसअघि मातृभूमि र कालिञ्चोक विकास बैंकलाई गाभेर पुस २४ गते देखि एकीकृत कारोबार गरेको थियो । बैंकको यो हकप्रद सेयरमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं र टुरिजम डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ बानेश्वर तथा अधिकांश शाखा कार्यालयबाट आवेदन फारम लिन र बुझाउन पाइनेछ । हाल टुरिजमको चुक्ता पुँजी ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँ छ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ६३ लाख ८१ ह्जार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ८३ पैसा ९बार्षिकीकरण० रहेको टुरिजमको प्रतिसेयर नेटवर्थ भने १५२ रुपैयाँ ५४ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी