Skip to content

ट्रम्पले राष्ट्रपतिको तलब नलिने, वार्षिक तलब बापत चार लाख डलर दान गर्न च्यारिटी खोज्दै

Dish Home

अर्थ सरोकार

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा आफूले पाउने तलब नलिने भएका छन् । चुनावी अभियानकै क्रममा राष्ट्रपति भएपछि आफूले कुनै तलब र सुविधाहरु नलिने घोषणा गरेका ट्रम्पले आगामी डिसेम्बरमा आफ्नो वार्षिक तलब दान दिने ह्वाइट हाउसका प्रवक्ताको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

उनले आफ्नो वार्षिक तलब चार लाख डलर अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम कुनै च्यारिटीलार्इ दान दिने तयारी गरिरहेको ह्वाइट हाउसका प्रवक्ता सान स्पाइसरले बताएका छन् ।
प्रवक्ता स्पाइसरका अनुसार ट्रम्पले तलब  दानका रुपमा दिनको लागि  उचित च्यारिटीको खोजी गर्न भनेका छन् ।  राष्ट्रपतिको चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रपति चुनिएमा  आफूले तलब लिने कुनै चाहाना नभएको बताएका थिए । उनले कानुनी मान्यताका लागि न्यूनतम तलब लिने र कुनै छुट्टी पनि नलिने पनि चुनावी भाषणका क्रममा भनेका थिए ।
ट्रम्पलार्इ कम दान दिने ब्यक्तिका रुपमा चित्रण गरिन्छ । ट्रम्पले आफ्नो बिजनेसका क्रममा पनि  बिगतमा एकदमै कम दान दिने गरेको समाचारहरु सार्वजनिक भएकाले राष्ट्रपतिको रुपमा लिने तलब दान दिन लागेको विषयले चर्चा पाएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्