×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड मोदीको आइपीओ भर्ने आज अन्तिम दिन, ५० देखि १५ हजार कित्तासम्म आवेदन दिन पाईने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड मोदीको आइपीओ भर्ने आज अन्तिम दिन, ५० देखि १५ हजार कित्तासम्म आवेदन दिन पाईने

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावरकोे आइपीओ भर्ने सोमबार अन्तिम दिन हो । युनाइटेडले फागुन १९ गतेदेखि १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिएको छ । मोदीको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट लिमिटेडले गरेको छ । साधारण सेयरको बिक्री पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
लगानीकर्ताले एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाट काठमाण्डौं, भिबोर क्यापिटल ललितपुर कृष्णगल्ली, गोर्खाज फाइनान्स डिल्लीबजार र यसका बौद्ध, न्युरोड, सातदोबाटो, सूर्यबिनायक, दमक, धरान, इटहरी, नारायणगढ तथा बिर्तामोड शाखाबाट दरखास्त फारम लिन र बुझाउन सक्नेछन् । त्यस्तै, आइसीएफसी फाइनान्स भाटभटेनी, बौद्ध, मैतिदेवी, गोंगबु, पेप्सीकोला र बनेपा शाखाबाट पनि दरखास्त लिन र बुझाउन सकिनेछ ।
 सीबीआई क्यापिटल मार्केट डिल्लीबजार, काठमाडौं क्यापिटल मार्केट कमलादी, सिनर्जी फाइनान्स र यसमा शाखा कार्यालयहरुबाट पनि दरखास्त फारम पाइनेछ । उपत्यका बाहिर हाम्रो विकास बैंक बिदुर नुवाकोट, ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ र साझा विकास बैक धनगढी र कैलालीमा पनि आवेदन फारम पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: