- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – वेष्टर्न डेभलपमेण्ट बैङ्क लिमिटेडको २ लाख २५ हजार ६ सय ३५ कित्ता हकप्रद साधारण शेयर चैत १३ गतेदेखि लीलाम विक्री गरिदैँछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २१ गते रहेको छ ।
वेष्टर्न डेभलपमेण्ट बैङ्क लिमिटेडको हकप्रद शेयरको लागि मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ १ लाख ६३ हजार ५ सय १ कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार १ सय ३४ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैङ्कको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।