- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आज आमाको मुख हेर्ने दिन । आमालाई मीठो मसिनो खुवाउने दिन । आजको दिन खुब विक्री हुन्छ मिठाइ । तपाईंले पनि किन्नुभयो होला । कतिजना किन्ने सोचमा हुनुहुन्छ होला । यदी तपाईंले आँगन र भाटभटेनीबाट मिठाइ किन्दै हुनुहुन्छ भनेचाहिं एक पटक सोच्नु राम्रो हुन्छ । किनकि नेपाल सरकार वाणिज्य विभागले मानव मलमुत्रमा पाइने ‘कोलिफर्म’ भेटिएको भन्दै एकपटक कारवाही गर्ने प्रक्रिया अगाडी बढाएको आँगनको मिठाइ उक्त प्रक्रिया टुंगो नलाग्दै पुन: खुलेआम बेच्न थालिएको छ । आँगनकै कर्मचारीहरु अहिलेपनि परिक्षण गरेको खण्डमा उक्त मिठाइहरुमा ‘कोलिफर्म’ भेटिने दावी गर्छन् ।
यसरी कोलिफर्मयुक्त मिठाइ बेचेको भन्दै आँगनलाइ मुद्धा हाल्ने तयारी समेत गरिएको थियो । तर चर्चित सुपरमार्केट भाटभटेनीले त्यहि मानव दिशामा पाइने जीवाणु भेटिएको आँगनको मिठाइ खुलेआम रुपमा बेचेको पाइएको छ ।
बुधबार अर्थ सरोकारको टोली भाटभटेनी पुग्दा आँगनको लोगो इंकित भएको मिठाइ बेच्न राखिएको थियो। यस बिषयमा आँगनले समेत स्पष्टीकरण नदिएको र सरकारले पनि प्रक्रिया अगाडी बढाएका बेला भाटभटेनीजस्तो सुपरमार्केटमा आँगनकै मिठाइ बेचिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले यसलाई आँगन र भाटभटेनी बीचको सेटिङ समेत भन्न भ्याएका छन् । कतिपयले यसलाई संस्कृतिमाथिनै प्रहार भनेका छन् । यसअघि बुबाको मुख हेर्ने दिन र तीजको दिन पनि अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि भाटभटेनीको मिठाइको सेल्स घटेको थियो ।

यस्तो थियो आँगन विरुद्धको अपरेशन :
सरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाइमा फोहोर भेटिएपछि नमूना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो । यसको नतिजा हेर्दा मिठाइ अखाध्य भएको फेला परेको हो । आँगन मिठाइको खुवाको ल्याव परीक्षण गर्दा १६ हजार कोलीर्फम भेटिएको आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिएका थिए । ‘प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ ।
तर मिठाइमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिएको छ । कोलिफर्म खाद्यान्नमा हुनै हुँदैन । मिठाइ बनाउँदा प्रयोग गरिने पदार्थमा नै कोलिर्फम हुन सक्छ,’ श्रेष्ठले भने, ‘यो लापरवाहीको हद हो । १६ हजार कोलिर्फम भेटिनु भनेको सानोतिनो विषय होइन ।’ उनले भनेका थिए । हाल भाटभटेनीले उक्त ब्राण्डका मिठाइहरु खुलेआम बेचीरहेको बारे बुझ्न खोज्दा उनीसँग सम्पर्क भएन ।
मुद्धा हाल्ने तयारी थियो, तर अपडेट छैन
यस्तो मिठाइ उत्पादन गर्ने पशुपति फुड्स प्रालिलाइ कारवाहीको तयारी गरिएको थियो । आपूर्ति विभागले संकलन गरेको नमूना परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रोगशालामा परीक्षण गरिएको थियो । विभागले कोलिफर्म उच्च पाइएको रिपोर्ट हात पारेपछि उत्पादकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको थियो ।
‘जिल्ला अदालतमा मुद्दा दर्ताका लागि रिपोर्टको प्राविधिक परामर्श मागेका छौं,’ निर्देशक श्रेष्ठले भनेका थिए, ‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरी मिठाइ बेचेबापत कडा कारवाहीको माग गर्दै मुद्दा दर्ता हुनेछ ।’ खाद्य ऐनमा दुषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ । तर यो मुद्धा कहाँ पुग्यो, उसलाई कारवाही भयो कि भएन भनेर जनतालाई थाहा दिइएको छैन।
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
- भाटभेटनी सुपरमार्केटको व्रह्मलुटमा सरकारी अधिकारी देखि कथित उपभोक्तावादीहरुसम्म रमिते !
- भाटभटेनीको दादागिरी कहिलेसम्म ? पवित्र तीजको बेला पनि दिशा भेटिएको मिठाइ खुलेआम विक्री !
- भाटभटेनीको दादागिरी : ‘फादर्स डे स्पेसल’ भन्दै दिशा भेटिएको मिठाइ खुलेआम विक्री ! (फलोअप नम्बर १०)
- दिशा भेटिएको आँगनको मिठाइ भाटभटेनीमा खुलेआम विक्री ! (फलोअप नम्बर ९)
- भाटभटेनीले सस्तो समान महँगोमा बेच्दै भ्याटसमेत छल्ने गरेको आशंका, सम्पूर्ण कागजात विभागको नियन्त्रणमा ! (फलोअप नं ८)
- भाटभटेनीमा किनेको क्वाँटी खाँदै हुनुहुन्छ भने पर्खनुहोस्, पहिला यो पढ्नुहोस् ! (फलोअप नम्बर ७)
- म्याद सकेर बजारबाट फिर्ता भएका खाद्यन्न भाटभटेनीमा ! यहाँ किनेको दाल, चामल खानेहरु होसियार ! (फलोअप नम्बर ६)
- भाटभटेनीमा वाणिज्य विभागले लगायो ‘सिल’ गुणस्तरहीन सामान बेचेर जनता ठग्ने गरेको निष्कर्ष ! (फलोअप नम्बर ५)
- भाटभटेनीको ठगी धन्दा नम्बर ३ : ४०७ रुपैयाँ पर्ने सामानलाई ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसा !
- भाटभटेनी सुपर मार्केटको ठगी धन्दा नम्बर २ : कार्ड प्रयोग गर्दा यसरी ठगिन्छन् ग्राहक
- भाटभटेनी सुपरमार्केटको ठगी धन्दा नम्बर १ : जीरा मन्सुलीको पैसा लिएर सोना मन्सुली बेचिन्छ ! (भिडियो सहित)
- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको नयाँ धन्दा छताछुल्ल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्