सुमार्गी पनि हेटौंडामा सिमेन्ट कारखानाको रित्ता बोरा बेच्थे अहिले प्रचण्डकै पैसा चलाएर करोड करोड चन्दा दिने हैसियतमा पुगेका छन् । भाटभटेनी सुपुर मार्केटमा एक लाख प्रकारका वस्तु बिक्री हुने गरेको छ ।
अदृश्य शोषणका यिनका तरिका कति छन् कति ? सस्तो मूल्य देखाउने, कन्सेसन कार्ड बितरण गर्ने र खरिद गरिसकेपछि महगो मूल्य अशूल गर्नु यिनको दैनिकी नै हो । अहिले भाटभटेनीले सुन, हिरामोतीका व्यापार पनि थालेको छ । तर, यी सबै चोरी बजारका हुन् र तस्करी गरेर भारत पठाउने गिरोह यिनले सञ्चालन गरेका छन् ।
गतवर्ष माओवादी कार्यकर्ताले एम्बुलेन्समा चीनतिर तस्करी गर्न लागेको रक्तचन्दनमा यिनको पनि संलग्नता रहेको पोल खुलेको थियो । भाटभटेनी सुपर मार्केट देखाउनका लागि चहकमहकपूर्ण बजार हो तर यो बजारभित्र हुने अनियमित क्रियाकलापको अहिलेसम्म कुनै अनुसन्धान हुनसकेको छैन ।
यति ठूलो सुपर मार्केटले केही लाखमात्र राजस्व बुझाउनाले पनि यिनी नक्कली भ्याट बिल प्रयोग गर्छन् भन्ने जानकारी आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई सप्रमाण एक कर्मचारीले नै जानकारी गराउँदासमेत भाटभटेनीका संस्थापकमाथि कुनै कारवाही हुनसकेन ।
यसकारण प्रचण्डको लगानी रहेका अथवा प्रचण्ड निकट कसैमाथि अख्तियारले कारवाही गर्ने गरेको छैन । कोही फसिहाले पनि मुद्दा कमजोर बनाएर पेश गर्ने र विशेष अदालतबाट छुट्कारा पाउने गरेका घटना खातका खात भइसकेका छन् । (राजतिलक साप्ताहिकमा प्रकाशित)