×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेसलाई विज्ञको सुझाव: एमालेको लोकप्रियता भंग गरौँ

LAXMI SUNRISE BANK

काँग्रेसलाई विज्ञको सुझाव: एमालेको लोकप्रियता भंग गरौँ

२३ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – बुद्धिजीवीहरुले स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणपत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।
चुनाव घोषणापत्र तयारी समितिले बुधबार पार्टी केन्द्रीय कार्यालयमा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका हुन् । उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढिरहेको उल्लेख गर्दै केही त्यस्ता स्थानीय तहको प्रत्यक्ष सरोकार राख्ने तथा युवा लक्षित कार्यक्रम समेट्नुपर्नेमा जोड दिए ।
अर्थविद् विश्वम्भर प्याकुरेलले नेताहरुबाट विभिन्न मिडियामा प्रतिवद्धता आएपनि स्थानीय तहमा नेपाली कांग्रेसलाई आलोचना गरी आफ् अघि बढ्ने समूह सक्रिय रहेको भन्दै यथार्थ जानकारी सहितको प्रतिवादमा उत्रनुपर्नेमा जोड दिए । त्यसैगरी राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष शंकर शर्माले आर्थिक क्षेत्र तथा सेवामा कांग्रेसले ठोस योजना सहितको घोषणा पत्र तयार पार्नुपर्ने सुझाव दिए ।
त्यसैगरी विज्ञहरुले स्थानीय तहको अधिकार, क्षमता निर्माण तथा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् । कांग्रेसले मधेसलाई लक्षित गरी स्पष्ट दृष्टिकोण राख्नुपर्नेमा पनि उनीहरुले सुझाव दिए । छलफलमा विज्ञहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अरुण तेश्रो बन्न नदिएको बारे स्थानीय स्तरमा नै भण्डारफोर कार्यक्रम संचालन गर्नुपर्नेमा पनि पार्टीको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, एक स्थानीय तह एक सुविधा सम्पन्न वृद्धाआश्रम जस्ता लोकप्रिय कार्यक्रम अघि सार्न सुझाव दिएका छन् । महेश आचार्य संयोजकत्वको चुनाव घोषणापत्र तयारी समितिले बुधबार पार्टी निकटका विभिन्न क्षेत्रका बुद्धिजीवी तथा विज्ञहरुसँग छलफल गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी