×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगाको तीन लाख ८६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगाको तीन लाख ८६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Artha Sarokar

२० चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मेगा बैंकको तीन लाख ८६ हजार ८८२ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । मेगाले संस्थापक समूहको एक लाख ६८ हजार ९९२ कित्ता र सर्वसाधारण समूहतर्फको दुई लाख १७ हजार ८९० कित्ता गरी कुल तीन लाख ८६ हजार ८८२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोेकी निवेदन दिनुपर्नेछ । मेगाले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामी बिक्रीमा ल्याएको हो । यसअघि मेगाले साउन २७ देखि भदौ २० गतेसम्म ८१ लाख एक हजार ४३८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
आवेदकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल काठमाडौं तथा मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुभाउन सक्नेछन् । दुवै समूहको बोलपत्र चैत २१ गते नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंमा खोलिनेछ । मेगाको यो लिलामी सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ । यता टुरिजम बैंकसँग लगनगाँठो कस्न थालेको मेगाले यसअघि नै लगानीकर्तालाई १३.२५% बोनस सेयर र त्यसमा लाग्ने कर तिर्न ०.७०% नगद लाभांस वितरण गर्ने जनाइसकेको छ । बैंकको चैत ३ गतेको साधारण सभाले यो प्रस्ताब पास गरेको छ ।   
 त्यस्तै, मेगाले यो बोनस सेयर र बिक्री नभएको हकप्रद लिलामीमा बेचेपछि कायम हुने चुक्ता पुँजीबाट फेरि ६५% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गराएको छ । यो प्रस्ताव पारित भएपछि मेगाले १०० कित्ता सेयर बराबर थप ६५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । राष्ट्र बैंककले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले आकर्षक हकप्रद सेयर प्रस्ताव गरेको हो । हाल मेगाको चुक्ता पुँजी चार अर्ब एक करोड २० लाख ३१ हजार रुपैयाँ छ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मेगाले ३७ करोड नौ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी नौ रुपैयाँ २४ पैसा तथा १८ रुपैयाँ ५४ पैसा (बार्षिकीकरण) रहेको मेगाको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ५९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी