
पोखरा- विश्व बजारमा आक्रमक रुपमा गएको मि मोबाइलले आफ्नो प्रतिश्पर्धी एप्पल र सामसुङ कम्पनीका उत्पादन भएको बताएको छ । पोखरामा आयोजित गण्डकी र धौलागिरीका विक्रेताहरुको भेलामा मि मोबाइलका आधिकारिक प्रवद्र्धकले उक्त घोषणा गरेको हो ।
नेपालमा मि कम्पनीका ग्याजेट विक्रि गर्ने आधिकारिक डिलर भाट्सल इम्पेक्सका निर्देशक नितेश कुमार मुन्द्राले मि मोबाइलमा अन्य कम्पनीका मोबाइलमा नभएका फिचर्स भएको बताए । सम्पुर्ण नेपालीको हातमा मि मोबाइल होस्, यसमा भएका फिचर्सले आम ग्राहकले लाभ पाउनेछन् ।
नेपाल डिलरका प्रवन्ध निर्देशक गणेश कँडेलले मि मोबाइल चिनको उत्कृष्ठ उत्पादन भएको बताए । नेपालमा सबै भन्दा धेरै अनलाइन विक्रि भइरहेको भन्दै उनले नेपालमा राम्रो व्यापार गरेको बताए । उनले यस कम्पनीका ग्याजेट विक्रेतालाई यथेष्ट मुनाफा र उपहार दिने समेत घोषणा गरेका छन् । यो मोबाइल १२ हजार ९ सय ९९ रुपैयादेखी ९४ हजार ९ सय ९९ रुपैया पर्ने छ ।
धौलागिरी अञ्चलका डिलर जिवन ढुङ्गानाले ग्राहकबाट यस मोबाइलका बारेमा गुनासो नआएको बताए । यस्तै, पोखराका डिलर विक्रेता दिनेश श्रेष्ठले यो मोबाइल चलाउने ग्राहकले नै अत्याधिक मन पराएको बताए । कम्पनीले ग्राहकको गुनासा तथा मोबाइलामा आएका समस्या तिन दिन भित्र नै समाधान दिएको बताएका छन्।
भविश्यका लागि मि मोबाइलले ल्याएको उत्पादन नै विश्व बजारमा स्थापित हुँदै गएको समेत उनीहरुले बताएका छन् । अहिलेसम्म ह्याङ नहुने, राम्रो क्यामेरा, उच्च स्टोरेज क्षमता र हाइ ¥याम्पका कारण पनि यो मोबाइलको माग बढिरहेको उनिहरुको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्