×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको सेयर किन्ने आज अन्तिम दिन, मंगलबारदेखि बुक क्लोज गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको सेयर किन्ने आज अन्तिम दिन, मंगलबारदेखि बुक क्लोज गर्दै

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल बैंकको २४.७४% हकप्रद सुरक्षित गर्न सेयर किन्ने सोमबार (आज) अन्तिम दिन हो । बैंकले बैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्न मंगलबारदेखि बुक क्लोज गर्दैछ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा सोमबार नै नेपाल बैंकको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीहरुले भने स्वतः हकप्रद भर्न पाउनेछन् । नेपाल बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ । यसमा सिभिलको सुन्धारास्थित कार्यालय र नेपाल बैंकको केन्द्रीय कार्यालयसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुग्नेछ । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ८९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद नाफा गरिसकेको छ । यो नाफा नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । नेपाल बैंकको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी