- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यहि बैशाख ७ गतेदेखि नेपाल बैंकले हकप्रद सेयर खुल्ला गर्दैछ । प्राप्त जानकारी अनुसार बैंकले १००ः २३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ १० गतेसम्म खुला रहने हकप्रदमा चैत्र २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।