×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्दै

२७ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन चैत ३० गते बुधबार देखि सुरु हुँदै छ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । 
हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ र कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी