×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाख १७ गतेदेखि सानिमा बैंकको हकप्रद निष्काशन, कहाँबाट भर्ने सेयर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैशाख १७ गतेदेखि सानिमा बैंकको हकप्रद निष्काशन, कहाँबाट भर्ने सेयर ?

२५ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  बैशाख १७ गतेदेखि सानिमा बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । प्राप्त जानकारी अनुसार बैंकले १०ः३ अनुपातमा एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको र हकप्रदको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । सानिमाको हकप्रद सेयर जेष्ठ २१ गतेसम्म भर्न पाइनेछ ।  कम्पनीको यो हकप्रदमा चैत १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौंबाट सेयर भर्न सकिनेछ । त्यस्तै , सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी नक्साल  र बैंकका अधिकांश शाखा कार्यालय अनि सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । संस्थापक सेयरधनीको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहिबाट मात्र बुझ्ने व्यवस्था छ । दरखास्त फारम बुझाउने क्रममा संस्थापक सेयरधनीले आफ्नो आयश्रोत सम्बन्धी सम्पूर्ण विवरण तथा कर चुक्ताको प्रमाणपत्र पनि बुझाउनुपर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी