
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सप्तकोशीको लिलामी परेको ९७ हजार ५२६ कित्ता सेयर भर्ने आज अन्तिम दिन रहेको छ । आवेदन कार्यालय संचालन हुने समयसम्म दिन पाइनेछ साथै लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोेकी निवेदन दिनुपर्नेछ ।
आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय, मेनरोड विराटनगरमा पुग्ने गरी आवेदन फारम बुभाउन सक्नेछन् । संस्थापक समूहको बोलपत्र चैत २७ गते दिउसो ३ बजे र सर्वसाधारण समूहको बोलपत्र पनि सोही दिन ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ । सप्तकोशीको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । हाल सप्तकोशीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सप्तकोशीले ९४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी नौ रुपैयाँ ४७ पैसा रहेको सप्तकोशीको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ७२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्