Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत चैत्र २९ गते निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ । 
सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
हाल सिद्धार्थ बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सवा आठ अर्ब रुपैयाँ पुग्नेछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK