×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफको सेयर किन्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्या लाइफको सेयर किन्ने आज अन्तिम दिन

Artha Sarokar

२७ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको ५% बोनस सेयर सुरक्षित गर्न सेयर किन्ने आइतबार अन्तिम दिन हो । सूर्या लाइफले बैशाख १४ गते साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गर्दैछ । साधारण सभामा हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको ५% बोनस सेयर दिने प्रस्ताव छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा सूर्या लाइफको सेयर आइतबार नै किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः बोनसको हकदार हुनेछन् ।
सूर्याको साधारण सभा उद्योग संगठन मोरङको सभाकक्ष, तीनपैनी विराटनगरमा बिहान ११ बजे सुरु भएको छ । चालु आर्थिक वर्षको दास्रो त्रैमासको रिपोर्ट अनुसार सूर्याको चुक्त पुँजी ५० करोड रुपैयाँ छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी एक करोड ७८ लाख ६४ हजार रुपैयाँ नोक्सानमा छ । सूर्याको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ १५ पैसा ऋणत्मक छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी