
भरतपुर नगरपालिकामा माओवादी र काँग्रेसबीच मतपरिणामलाई लिएर अहिलेबाटै खटपट देखिन थालेको छ ।
काँग्रेस माओवादी गठबन्धनबाट भरतपुर वडा नम्बर १ को वडा अध्यक्ष जितेका काँग्रेसका उम्मेदवार जयराम श्रेष्ठले ११७७ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी गीता श्रेष्ठले ११६३ मत प्राप्त गरिन् ।
काँग्रेसले जिते पनि मेयरमा भने माओवादी केन्द्रकी रेणु दाहालले यो वडाबाट निकै कम मत प्राप्त गरेकी छिन् । यो वडाबाट एमालेका ज्ञवालीले १५१३ मत पाउँदा दाहालले ११३५ मत मात्र प्राप्त गरेकी छन् । काँग्रेस-माओवादी गठबन्धनबाटै उपमेयरको उम्मेदवार बनेकी पार्वती शाहले भने १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् ।
माओवादीसँगको गठबन्धनका कारण काँग्रेसले वडाअध्यक्ष जिते पनि मेयरमा भने दाहाललाई भोट नदिएको माओवादी कार्यकर्ताको आरोप छ । भरतपुरको वडा नम्बर १ को वडा अध्यक्ष जितेपछि काँग्रेस कार्यकर्ताहरु विजय जुलुस निकालेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताहरु अन्तरघात भएको भन्दै आक्रोश पोखिरहेका छन् ।
ताजा मत परिणाम अनुसार एमालेका देवी ज्ञावाली २४५९ मत सहित अग्र स्थानमा छन् भने १६२९ मत
सहित रेणु भारी मत अन्तरले पछाडि परेकी छिन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्