Skip to content
LAXMI SUNRISE BANK

सर्बिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्बिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारीका ४१ वर्षीय गोबिन्द थापा मगर रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई ललितपुरबाट पक्राउ गरेको हो ।

आकर्षक तलबको प्रलोभनमा पारेर सर्बिया पठाउने भन्दै दुई लाख रुपैयाँ ठगी गरी उनी सम्पर्कविहीन भएका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK