×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको २.८८% बोनसमा भयो मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको २.८८% बोनसमा भयो मूल्य समायोजन

२१ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बिहीबार सिभिल बैंक लिमिटेडको २.८८% बोनस सेयरमा मूल्य समायोजन गरेको छ ।  नेपाल स्टक एक्सचेन्जले २.८८% बोनस सेयर प्रतिकित्ता २५९ रुपैयाँको भाउमा समायोजन भएको हो । यसआधारमा बोनस समायोजनपछि अब बिहीबार सिभिलको सेयर कारोबार प्रतिकित्ता २५९ रुपैयाँमा खुल्नेछ । सिभिलको औसत आधार मूल्य भने २३४ रुपैयाँ छ । सिभिलको साधारण सभा जेठ ४ मा हुने भएकोे छ । सभामा सिभिलले युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्स एक्वायर गरेपश्चात कायम हुने पुँजीमा ३०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्दैछ ।
बैंकले यसअघि गरेको २०% हकप्रद सेयर ल्याउने निर्णयलाई पुनरावलोकन गरेर ३०% पुर्याएको हो । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउन निर्देशन दिएपछि सिभिल पनि चुक्ता पुँजी बढाउने कसरतमा लागिरहेको छ । साधारण सभा प्रयोजनका लागि सिभिलले बुधबारदेखि जेठ ४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड ३८ लाख ६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी