×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारी ठगी गरी भागेको व्यक्ति मेयरको उम्मेदवार !

आछामबाट आएर काठमाडौंमा सहकारी संस्था चलाएर सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगेर फरार रहेका व्यक्तिलाई प्रथम चरणको चुनावमा प्रचण्ड लहरका साथ पहिलो शक्ति बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आछामको साँफेबगर नगरपालिकाको मेयर पदको टिकट दिएर पठाएको थाहा भएको छ । टिक पाउने ती व्यक्तिहरु हुन्– शिलोज कुँवर उर्फ शिवबहादुर कुँवर । कुँवरले २०५३ सालमा चाबहिलमा सिद्धार्थ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड खोलेका थिए । 
सो सहकारीको अध्यक्ष तथा प्रबन्ध निर्देशक उनी आफैं थिए । बचत तथा ऋण सहकारी संस्था भएकाले सिद्धार्थ सहकारीका नाममा अध्यक्ष तथा प्रबन्ध निर्देशक कुँवरले पार्टीको नाताले, श्रमजीवी र निमुखा वर्गको नाताले चाबहिल क्षेत्रका तरकारी पसले, फुटपाथका व्यापारी, साना तथा फुटकर व्यापारीहरुलाई सदस्य बनाएर उनीहरुसँग दैनिक बचत संकलन गर्ने गरेका थिए । आकर्षक ब्याज दिने, सुलभ ब्याजमा कर्जा प्रदान गर्ने, पाँच वर्षमा मुद्दती बचतको दोब्बर भुक्तानी दिनेजस्ता आकर्षक प्रलोभन दिएर निमुखा, साना व्यापारीहरुसँग कुँवरले रकम संकलन गर्ने गरेका थिए । उनले सर्वसाधारणसँग त्यसरी उठाएको रकम आफ्नो व्यक्तिगत काममा र आफ्नोरातारात धनी हुने धन्दामा लगानी गर्ने गरेका रहेछन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक कुँवरले संस्थाको रकम हिनामिना गरेको कुरा सञ्चालक समितिमा उठ्यो र त्यसमा भित्रीरुपमा ठूलो टसल भयो । एक कान दुई कान हुँदै अध्यक्ष कुँवरले गरेको घोटालाको कुरा सार्वजनिक भयो र सो कुरा वचनकर्ताहरुले पनि थाहा पाए । त्यसपछि उनीहरुले आफ्नो रकम मागेर अध्यक्ष तथा प्रबन्ध निर्देशक कुँवरलाई घेराबन्दी गरे । त्यतिबेला डिभिजन सहकारी कार्यालयका प्रमुख केशव थापा थिए । थापासँग कुँवरको राम्रो दोस्ती थियो । राजनीतिक रुपमा उनीहरु दुवै जना एउटै पार्टीसँग सम्बन्धित थिए । बचतकर्ताले आफुहरु ठगिएको महसुस नगर्दै कुँवरले सहकारीको ४१ लाख रुपैयाँ हिनामिना गरिसकेका थिए । बचतकर्ताले खोज्न थालेपछि उनले आफ्नो नाम बदलेर शिलोज कुँवरका नाममा परिचय गर्दै हिँड्न थाले । तर पनि उनले काठमाडौं छाड्न सक्ने अवस्था थिएन ।
माओवादी द्वन्द्वका कारण उनी राजधानीमै भेष बदलेर हिँड्ने गर्दथे । आर्थिक कारोबारमा अलि कमजोर मानिने शिव कुँवरले जनकल्याण मावि साँफेबगरको व्यवस्थापन कमिटीमा रहँदा गरेको भ्रष्टाचार अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट टुंगिएको छैन, छानबिनकै चरणमा रहेको छ भने उनले आछाममै रहेको राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जाको किस्तासमेत नतिरेर बैंक व्यवस्थापनलाई नै हैरान पारेका थिए । तर अहिले त्यही व्यक्ति रातो टीका लगाएर मेयर पदमा आपूmलाई मत दिन प्रचार गरिरहेका छन् । यो एउटा पात्र मात्र होइन, यो प्रवृत्ति हो । यस्ता कति व्यक्ति एकातिर ठगेर अर्कोतिर इमानदार भएको स्वाङ पार्दै हिँडिरहेका होलान्, यसतर्फ कसैको पनि ध्यान गएको पाइएको छैन । –आर्थिक दैनिकबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: