×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एपेक्सका कारण ‘घिटी-घिटी’ अवस्थामा पुगेको एनसीसीको बेहाल, सेयर कारोबार रोकियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तत्कालीन एपेक्ससँगको मर्जरका कारण घिटी-घिटी अवस्थामा पुगेको एनसीसी बैंकको सेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्जले एनसीसी बैंकको सेयर कारोबार रोकेको छ । पाटन अदालतको आदेश अनुसार अर्को निर्णय नभएसम्मका लागि सेयर कारोबार रोक्का गरिएको नेप्सले जानकारी दिएको छ । बैंकको साधारणसभा हुन सकेको छैन भने पूँजी बढाउन ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना पनि कम्पनी रजिष्ट्रार कार्यालयको आदेशपछि रोकिएको छ । यो अवस्थाका बीच एनसीसी बैंकले निर्धारित समय सीमाभित्र ८ अर्व पूँजी पुर्याउने कुरामासमेत शंका उत्पन्न भएको छ । 
केहि समय अगाडी पाटन अदालतले एनसीसी र एपेक्सको छुट्टाछुट्टै हिसाबकिताब राख्न अन्तरिम आदेश दिएको थियो । हिसाब बेग्लाबेग्लै गर्नू भनेकाले सेयर कारोबार पनि रोक्नुपर्ने अवस्था आएको नेप्सेले जानकारी दिएको छ । समस्याग्रस्त बनेपछि नेपाल राष्ट्र बैंकको व्यवस्थापनले आफ्नो हातमा लिएको बैंकलाई मर्जरपछि राष्ट्र बैंकले छोडेको थियो । तर एपेक्ससँगको मर्जरताका फर्जी डीडीए बनाएको भन्दै मुद्धा परेपछि अदालतले एनसीसी बैंक र एपेक्सको हिसावकिताव छुट्टै राख्न आदेश दिएको थियो ।
स्मरण रहोस् तत्कालीन एपेक्समा भएको घोटालाबारे अर्थ सरोकार डटकमले पहिलोपटक समाचार ब्रेक गरेको थियो ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: