काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले एलइडी बल्ब(लिड) खरिद गर्दा नेपालमा बल्ब बेचिरहेका व्यापारीहरुलाई कुनै पनि असर नगर्ने बताएका छन्। प्राधिकरणले ब्यापार गर्नको लागि नभई बजारबाट एकैपटक पुराना सिएफल बल्ब विस्थापित गर्न एकपटकको लागि हस्तक्षेपमात्र गर्ने भएकोले व्यावसायीहरुलाई आतंकित नहुन आग्रह गरेका छन्।
‘हामी बल्बको व्यापार होइन, उर्जा उत्पादन र सुरिक्षत वितरणमै लाग्छौं’ घिसिङले भने,‘यसले दिर्घकालिन बजार निर्माण गर्छ जहाँ केबल व्यापारीमात्र हुन्छन्।’ नेपाल विद्युत प्राधिकरणले बिक्री गर्ने र ल्याउने बल्बका ब्रान्ड वा सो सरहका अन्य बल्बहरु कुनै पनि नेपाली व्यावसायीले प्रति बल्ब एकसय पचास रुपैयाँमा बिक्री गर्न तयार भए आफूहरु त्यसमा सहयोग गर्न तयार भएको उनले बताए।
प्राधिकरणले भारतबाट ल्याउने फिलिप्स र ओसाराम ब्रान्डका ९ वाट क्षमताका बल्ब एक सय चालिस रुपैयाँमा बिक्री गर्ने तयारी गरेको छ। त्यस्तै कुनै पनि व्यवसायीले सोही गुणस्तरका बल्ब एक सय पचास रुपैयाँमा बिक्री गर्न तयार भए प्राधिकरणका २ सयवटा बिक्री काउन्टरहरु निशुलक उपलब्ध गराउने घिसिङले प्रतिबद्धता जनाए।
लिड बल्ब ल्याएर उर्जा इफिसेन्सी बढाउन खोजिएको तर यसको अर्थ नेपाली व्यवसायीहरुलाई निरुत्साहित गर्ने आफूहरुको कुनै पनि मनसाय नभएको घिसिङको तर्क छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्