- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – उपत्यकामा जथाभावी बाटो काट्नेविरुद्ध प्रहरीले मंगलबारदेखि थालेको अभियानका क्रममा सर्वसाधारणहरुकारवाहीमा पर्दा अभियानकै क्रममा बानेश्वरमा ट्राफिक प्रहरीले जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीलाई पक्राउ गरेर जरिवाना लगाएको छ ।
बिहान करिब साढे नौ बजेतिर भण्डारी बानेश्वरको कृष्ण सदन अगाडिबाट सडक पार गरेर एभरेष्ट बैंकतर्फ जान खौज्दै गर्दा उनी पक्राउ परेका हुन् । प्रहरीको यो कारवाहीलाई धेरैले निकै राम्रो कदम भनेका छन् । यो अभियानका क्रममा दिनमा थुप्रै नियम मिच्नेहरु कारवाहीमा परेका छन् भने राजश्व पनि राम्रै उठेको छ ।