Skip to content
LAXMI SUNRISE BANK

उद्योग विभाग नासु गोविन्द प्रसाद कंडेल ३२००० रुपैयाँ घुस लिंदा लिंदै पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – उद्योग विभाग त्रिपुरेश्वरका नायव सुब्बा गोविन्द प्रसाद कंडेल घुस लिंदा लिंदै ‘रेड ह्याण्ड’ पक्राउ परका छन् । सेवाग्राहीबाट घुस लिँदा लिँदै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।अख्तियार स्रोतले दिएको जानकारी अनुसार नेपालगंज स्थित एक सेवाग्राहीले ट्रेडमार्क चिन्ह प्रदान गर्न कंडेलले विभिन्न बहाना बनाइ घुस मागेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । 
उनीमाथि अख्तियारको हिरासतमै अनुसन्धान भइरहेको बताइएको छ । उनी ३२ हजार रुपैयाँ घुस रकम सहित बुधबार पक्राउ परेका हुन् भने कंडेलसँगै एक हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा ग्लोबल ल एसोसिएट पुतलीसडकका कर्मचारी कुशश्री विश्वकर्मा पनि पक्राउ परेका छन् । उनीविरुद्ध यसअघिपनि पटक पटक अख्तियारमा उजुरी परेको बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK