×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेले बेइज्जतीलो हार व्यहोरेका ठाउँमा ‘अन्तरर्घाती’ खोज्दै ओली !

LAXMI SUNRISE BANK
GLOBAL

एमालेले बेइज्जतीलो हार व्यहोरेका ठाउँमा ‘अन्तरर्घाती’ खोज्दै ओली !

३० जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अन्तरघात गर्नेलाई पत्ता लगाएर कारवाही गर्न एमालेले एउटा कमिटिलाई परिचालन गरेको छ । 
एमालेले एमालेलाई हराउने छुट छैन भनेको भोलीपल्टै अध्यक्ष केपी शर्मा ओलीले यस्तो परिचालन गरेका हुन् । धेरै ठाउँमा अन्तरघातका कारण जीत हात पर्न नसकेको एमालेको ठहर छ । 
प्रदेश नम्बर ३ को कमिटीले चुनावी रिपोर्ट मगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले कतिपय स्थानीय तहमा एमालेले एमालेलाई भोट नदिएर थोरै मतले धेरै नेताहरू पराजित भएको भन्दै चुनावको बेला धोका दिनेहरू एमालेलाई नचाहिने बताए । 
रसुवा, मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली लगायतका कतिपय जिल्लाका स्थानीय तहमा एमालेभित्रकै अन्तरघातले गर्दा उपप्रमुख जितेर प्रमुख हारिएको रिपोर्ट पेश भएको छ । 
रसुवामा ५ वटै स्थानीय तहका उपप्रमुख एमालेले जित्दा प्रमुख भने २ जना मात्र जितेका छन् । मकवानपुरमा पनि २ स्थानीय तहमा अन्तर्घातका कारण प्रमुख हारिएको र सिन्धुलीको तीनपाटन तथा धादिङको ज्वालामुखी गाउँपालिकामा पनि एमालेले एमाले हराएको रिपोर्ट पेश भएको छ । ललितपुरमा पनि अन्तर्घात भएको एमालेलेको निष्कर्ष छ ।
३ नम्बर प्रदेशका ११९ स्थानीय तहमध्ये एक महानगर, एक उपमहानगरसहित ६४ स्थानमा प्रमुख जितेर एमालेले बहुमत हासिल गरेको छ । भरतपुर महानगरमा मतपत्र च्यातिएका कारण गणना स्थगित भएको छ । एमाले नेता माधवकुमार नेपालले पनि चुनावमा पार्टीलाई पराजित गर्न खोज्ने नाफामुखी नेता कार्यकर्तालाई कारवाही हुने बताएका छन् । उनले भने,‘त्यस्तालाई छानी छानी कारवाही गरिनेछ ।’- जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी