
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको अध्यक्षको हैसियतले सन् २०१४ जुन २ मा तीन वर्षसम्म सम्झौता अवधि रहने गरी क्यानेडियन कम्पनी इन्फ्रावेन्स टीएमको प्रमुख कार्यकारी अधिकृत सेवत्सन सुब्बासँग गरेको काइते सम्झौता कार्यान्वयनका क्रममा आपसी मिलेमतोमा कम्पनीको पाँच करोड रुपैयाँ घोटाला गरेको समाचार सार्वजनिक भएपछि जोशीले क्यानेडियन नक्कली कम्पनीसँग गरेको सम्झौता पनि आर्थिक दैनिकलाई प्राप्त भएको छ ।
सन् २०१४ जुन २ तारिखमा कम्पनीका तत्कालीन अध्यक्ष जोशीले इन्फ्रावेन्स टीएमको प्रमुख कार्यकारी अधिकृत भनिने सेवत्सन सुब्बासँग २८० बिलियन अमेरिकी डलर लगानी जुटाउने तीन वर्षे सम्झौता गरेका थिए । सम्झौतामा सुब्बाले नेटवर्क पार्टनरका रुपमा काम गर्ने सहमति गरेका थिए । डाइरेक्ट डिलिङ गर्ने, भ्रष्टाचार हुन नदिने, इन्फ्रावेन्स टीएमसँग आर्थिक साझेदारी गर्नेलगायतका कुरा उल्लेख गरिएका थिए । सम्झौता भएको रकमको ५ प्रतिशत र कम सुरक्षण प्रोफेसनले इन्गेजमेण्ट शुल्कलगायत विभिन्न सात शीर्षकमा खर्च गर्ने सम्झौता भएको थियो र सोही शीर्षकअन्तर्गतको रकम अध्यक्ष जोशी र सीईओ सुब्बाको नाममा ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोलेर जम्मा गरिएको रकम उनीहरुले आपसी भागबण्डा गरी खाएका हुन् ।
सम्झौतामा सेज ग्लोबल, क्यानेडियन कमर्सियल कर्पोरेसनलगायतका संस्थासँग पनि इन्फ्रावेन्स टीएमले सहकार्य गराउने उल्लेख गरिएको छ । तर सम्झौतामा जेजस्ता कुरा उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो देखिएन । तीन वर्षे सम्झौता गरेका जोशी र सुब्बाले सम्झौता भएको केही समयपछि नै पाँच करोड रुपैयाँ क्यानडा पठाउने नाममा भ्रष्टाचार गरेको घटनामाथि पूर्वाधार विकास कम्पनीले छानबिन गरेको समाचार सार्वजनिक भएपछि जोशीले कम्पनीको पैसा हिनामिना गर्न चालबाजी गरेको खुलासा भएको थियो । जोशीलाई कम्पनीले गठन गरेको छानबिन समितिले गत मंसिर ३ गते सात दिनभित्र बयान दिन पात्राचार गरेको थियो । नवीन कँडेलको संयोजकत्वमा गठित रुपक गौतम र सनत न्यौपाने सदस्य रहेको छानबिन समितिले छानबिनका क्रममा अध्यक्ष कुशकुमार जोशीले क्यानडामा दर्ता नै नभएको फर्जी कम्पनीको नाममा पाँच करोड रकम पठाएको र सो रकम जोशी र सुब्बाले आपसी भागबण्डा गरी खाएको निष्कर्ष निकालेको थियो ।
काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने भनी आपूmले जम्मा १० लाख रुपैयाँ सेयर हालेर ३४ अर्ब रुपैयाँ लाग्ने प्रोजेक्ट सञ्चालन गर्न नेपाल पूर्वाधार विकास कम्पनी गठन गरी आयोजना प्रभावित क्षेत्र मकवानपुर र काठमाडौंका जनतासँग अन्धाधुन्ध सेयर उठाई आफैं अध्यक्ष बनेका थिए र आपूmअनुकूलको प्रमुख कार्यकारी अधिकृत राखेर जनताको पैसामाथि रजाइँ गरेका थिए ।

तर सो कुरामा असहमति जनाउने पक्षले विवाद निकाल्नथालेपछि सो कम्पनीमा जोशी आफैं अल्पमतमा पुगेका थिए । उनलाई कम्पनीको अध्यक्षबाट हटाएपछि उक्त छानबिन समिति बनेको थियो र छानबिन समितिले बयानका लागि बोलाएपछि उनी भाष्करराज राजकर्णिकारको शरणमा पुगेका थिए । भाष्करले त्यति बेला ओबीओआर नेपाल गठन गरेका थिए र जोशी त्यसमा रोइकराइ गरी त्यसमा मिसिनपुगेका थिए ।
भाष्करकै कारण चिनियाँ महत्वाकांक्षी प्रोजेक्टमा मिसिनपुगेपछि चिनियाँहरुसँग सम्पर्क भएपछि जोशीले कम्पनीको नेतृत्वलाई थाहै नदिई चिनियाँ पक्षसँग सुरुङमार्ग बनाउन सशर्त सम्झौता गरेका छन् तर त्यसलाई कम्पनीले प्रमाणीकरण गरेको थाहा हुनसकेको छैन । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्