
उच्च अदालत पाटनको एउटा संयुक्त इजलासले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिलाई आगामी साउन ३१ गते बोलाइएको साधारणसभा सम्पन्न गर्नेबाहेक अन्य कुनै काम नगर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय नीता गौतम दीक्षित र जीवनहरि अधिकारीको संयुक्त इजलासले गत २१ गते उक्त आदेश गरेको हो । नेशनल हाइड्रोका सञ्चालकहरुले गरेको अनधिकृत काम कारबाही बदर गरी सञ्चालक भई कार्य गर्न रोकी हदैसम्मको सजाय गरिपाऊँ भनी परेको रिट निवेदनमा संयुक्त इजलासले त्यस्तो आदेश गरेको हो ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्ष कुमार पाण्डे छन् र त्यस कम्पनीमा सञ्चालक रहेका विश्वेश्वर सुवेदी अघोषित रुपमा प्रबन्धनिर्देशकको काम गरिरहेका छन् । नेशनल हाइड्रोका अध्यक्ष कुमार पाण्डे नै लोअर इखुवा हाइड्रोपावर कम्पनी प्रा.लि.को अध्यक्ष रहेका छन् । उनै विश्वेश्वर सुवेदी लोअर इखुवा हाइड्रोपावरको प्रबन्धनिर्देशक रहेका छन् । दुवै कम्पनीको कम्पनी सचिव पनि सञ्जीव लामा नै रहेका छन् । दुवै कम्पनीका सञ्चालकहरु प्रायः एउटै नामका छन् ।
कम्पनी ऐनअनुसार समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत सेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको व्यक्ति सञ्चालक पदमा नियुक्त हुन नसक्ने कानुनी व्यवस्था रहेको छ । यी दुवै प्राइभेट कम्पनी होइनन्, पब्लिक कम्पनी हुन् । यस्तो अवस्थामा एउटै व्यक्ति यी दुई कम्पनीको सञ्चालक हुन पाउने अवस्था देखिँदैन । तर पनि नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र लोअर इखुवा हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्ष र सञ्चालकहरु उही व्यक्ति रहेका छन् । उनीहरुले मुलुकको ऐन कानुन हातमा लिएर आपूmअनुकूल कम्पनी सञ्चालन गरेर ब्रह्मलुट मच्चाउँदै आएका छन् ।
यस्तो ब्रह्मलुटविरुद्ध परेको रिट निवेदनमा उच्च अदालतको संयुक्त वाणिज्य इजलासले भनेको छ – ‘नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा मिति २०७४ साउन ३१ मा हुने भन्ने सूचना समेत प्रकाशित भइसकेको देखिँदा यो साधारणसभा सम्पन्न गर्नुपर्ने कामबाहेकका नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका अन्य कार्यहरु यो निवेदनको अन्तिम टुंगो नलागेसम्म नगर्नू÷नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छु ।’ उच्च अदालतको उक्त आदेशअनुसार नेशनल हाइड्रोपावर कम्पनीले काम नगरी त्यसको बर्खिलाप हुने गरी काम गरिरहेको थाहा भएको छ ।
अदालतको आदेशविपरीत नेशनल हाइड्रोको टोली नर्वे जाँदै ! काठमाडौं । उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासको आदेशविपरीत नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको एउटा टोली कम्पनीकै खर्चमा आज नर्वे भ्रमणमा जानलागेको थाहा भएको छ ।
नेशनल हाइड्रोको रकम खर्च गरेर नर्वे जानलागेको टोलीमा कुमार पाण्डे, विश्वेश्वर सुवेदी, सञ्जीव लामा, शिवराम प्रधान रुद्र कुमार श्रेष्ठ र एक जना कानुन व्यवसायी रहेका छन् ।
अदालतले साधारणसभाबाहेक अरु सबै काममा प्रतिबन्ध लगाएको बेला उनीहरु कम्पनीकै खर्चमा आज नर्वे जानलागेका हुन् । अध्यक्ष पाण्डेले गत शुक्रबार साइट भिजिटको नाममा कम्पनीको दुई लाख ४० हजार रकम पिकनिक आयोजनामा खर्च गरेका थिए । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्