
बुटवल – चितवनको क्यापिटल प्लस र बुटवलको सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको संयुक्त आयोजनामा बुटवलमा पहिलोपटक एकदिने सेयर तालिम सप्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग संघका केन्द्रिय सदस्य एवम् बुटवल उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले सेयर कारोबारबाट राम्रो आम्दानी गर्नको लागि राम्रो ज्ञान हुनुपर्ने औल्याउँदै यस्ता सेयर तालिम त्यसको पूर्ति गर्ने विस्वस व्यक्त गरे।
सेयर कारोबार गर्नको लागि चाहिने आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजकले बताएका छ्न । करिव १७५ जना सहभागी रहेको तालिममा थ्रीएस इन्भेस्टमेन्ट कम्पनी काठमाडौका प्रमुख कार्यकारी अधिकृत सन्तोषराज बजगाई तथा समृद्धि क्यापिटल कम्पनी लिमिटेड काठमाडौका हेड अफ रिसर्च एन्ड आइटी कृष्ण गिरीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्यापिटल प्लसका अध्यक्ष कमल पौडेल,आर्यातारा ब्रोक्ररका टेकराज भट्टराई, तालिममा सहभागी चन्द्रदेव पौडेल र गिता रानीले सेयर तालिमले बुटवलमा सेयरको कारोबार बढाउने बताएका थिए । कार्यक्रम सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता, प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेको स्वागत तथा बुटवलका आर्थिक पत्रकार अर्जुन ज्ञवालीको सन्चालनमा सप्पन्न भएको थियो ।
सो कार्यक्रममा अर्थ सरोकार डटकम मिडिया पार्ट्नरको रुपमा थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्