
समुदायका आवश्यकतालाई जहिले पनि प्राथमिकतामा राख्ने नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्यका गतिविधि संचालन गर्दै आएको छ । जसमा हजारौंको संख्यामा जनताहरु लाभान्वित भएको खबर छ । २०७२ साल बैशाख १२ गतेको भुकम्प र त्यसपछि लगातारको परकम्पनहरुबाट ठुलो धनजनको क्षति भएका १४ वटा जिल्लाहरुमा भूकम्प प्रतिकार्य { (Earthquake Response Operation) का गतिविधिहरु सञ्चालन भईरहेका रेडक्रसले बताएको छ ।
रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (IFRC) तथा अन्य साझेदार राष्ट्रिय सोसाइटीहरुले साथ दिएका छन् भने विपन्न तथा सकंटासन्न अवस्थामा रहेका समुदायलाई मानवीय सहायता उपलव्ध गराई पूर्ववत सुरक्षित अवस्थामा पुर्याई भविष्यमा आइपर्ने बिपद्को सामना गर्नका लागि समुदायको क्षमता विकास गर्ने भूकम्प प्रतिकार्यको मुख्य उद्देश्य रहेको बताएको छ ।
कम्प प्रतिकार्यअन्र्तगत मूख्य रुपमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जन तथा नेपाल रेडक्रस सोसाइटीको सस्थांगत क्षमता बिकास जस्ता गतिविधिहरु सञ्चालित छन् । हालसम्म लक्षित कार्यक्रमअनुसार निजी आवास निर्माणमा ६५६७ जना अर्थात ९३.८१% व्यक्तिले पहिलो किस्ता वापतको रकम प्राप्त गरेका छन् भने खानेपानी सरसफाई तथा स्वच्छतामा ४१.१२%, स्वास्थ्यमा ८४.०७%, जीविकोपार्जनमा ५२.६४% लक्ष्य अनुसार प्रगति भइसकेका छन् ।
सोसाइटीबाट सञ्चालन गरिएका विविध गतिविधिहरुका बारेमा जिज्ञासा, सुझाव, सल्लाह र गुनासाहरु भएमा सान्दर्भिक सुझाव दिनका लागि रेडक्रसले विभिन्न माध्यमहरुको व्यवस्था गरेको छ ।
नेपाल रेडक्रस रेडक्रसले कुनै पनि गतिविधि सञ्चालन गर्दा सकंटासन्न (vulnerable) समुदायलाई केन्द्रमा राखी निम्नानुसारको पक्षमा बिशेष ध्यान पुर्याउंदै आएको छ :
- सामुदायिक संलग्नता र जवाफदेहिता
- बिपद् जोखिम न्यूनिकरण
- लैङ्गिक समानता र सामाजीक समावेशीकरण
- बाल संरक्षण
- अपागंता भएका ब्यक्तिहरुलाई सहयोग
- हिंसा रोकथाम
- लाभान्वित समुहसँग सञ्चार
- अल्पसख्यंक समुदाय आदि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्