
- अर्थ सरोकार सम्बाददाता
भारत- भारतमा अध्ययनरत एमाले निकट विद्यार्थीहरुको संगठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रमका बीच एमाले नेता योगेश भट्टराइले प्रत्यक स्थानीय तहमा सिएको अनिवार्य उपस्थिति रहने बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री कार्यालयका आर्थिक तथा वित्तीय परामर्शदाताको रुपमा सीएहरु हुनेछन् ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘योजना आयोगका सदस्यहरुपनि सीएहरु नै हुनेछन् । अव कोहीपनि दिल्ली र लन्डन उड्नुपर्ने छैन, सबैजना काठमाण्डौ फर्कनुहोला ।’ अव मङ्सिर पुषमा एमाले बहुमतसहित सरकारमा जाने बताउंदै उनले थपे, ‘अब मंसिर पुसमा एमाले बहुमत सहित सरकारमा जादैछ. अब प्रत्येक स्थानीय तहमा एकजना चार्टर्ड एकाउन्टेन्ट अनिवार्य राखिनेछ । एमाले पार्टीभित्रै अब २-३ जना सीए अनिवार्य राखिनेछ ।’

नेकपा एमालेले ‘पोलिसी एण्ड रिसर्च डिभिजन’ नामक छुट्टै विभाग छिट्टै बनाउने बताउंदै उनले त्यस अन्तर्गत आर्थिक तथा वित्तीय विभागमा चार्टड एकाउन्टेन्टको बिभाग रहने समेत बताएका छन् । साथै उनले प्रधानमन्त्री तथा मन्त्रिस्तरीय प्रत्येक विदेश भ्रमणमा एक जना चार्टड एकाउन्टेन्ट अनिवार्य रुपमा राखिने समेत बताएका छन् । विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले एक व्यक्ति एक पेशाको कुरामा पनि एमालेले विशेष ध्यान पुर्याउने बताएका छन् ।

उक्त कार्यक्रममा एमाले निकट नेपालका सिएहरुको समेत उपस्थिति थियो । कार्यक्रममा आइक्यानका पूर्व अध्यक्ष महेश गुरागाईं, एक्यानका हालका अध्यक्ष हरि कुमार सिलवाल, सिए निल बाहादुर सारुमगर लगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए । उक्त कार्यक्रमका बारे तयार गरिएको विशेष सामाग्री हामी आगामी अंकमा प्रकाशन गर्नेछौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्