काठमाडौँ – नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ ।
यस योजना अन्र्तगत ग्राहकहरुले ५ हजार ९ सय ९९ पर्ने डिशहोमको हाईब्रिड एचडि कनेक्सन खरिद गर्दा रु. ३००० छुट प्राप्त गरी रु. २९९९ मै जोड्न सक्नुहुनेछ । डिशहोमले हाल बजारमा बिक्री गरिरहेका हाईब्रिड एचडि सेट अप बक्समा भारी छुट प्रदान गरेको हो ।
डिसहोमले हरेक वर्ष दशैं र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष पनि उपभोक्ताहरुलाई डिशहोमको हाईब्रिड एचडि कनेक्सनको खरिदमा रु. ३००० छुट प्रदान गर्न लागेको यस कम्पनीका महाप्रवन्धक कल्याण अधिकारीले जानकारी गराए ।
“हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिशहोम जडान गर्न पे्ररित गर्न चाहन्छौ । हामी नेपालकै सवैभन्दा बढी एचडी च्यानलहरु भएको र बिक्री पछिको गुणस्तरीय सेवा नेपालभर पु¥याउन सक्षम कम्पनी हौं” उनी भन्छन । “सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ । नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय हो ।” उनले बताए ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डीटिएच सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।
डिशहोमको सेवा सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी र दृश्य दुबै गुणस्तरीय हुन्छन् । डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ ।
यसका साथै डिशहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रशारण हुने “प्लस मूभि” च्यानल, रिलिज भएकै दिन सिनेमा हेर्न सकिने “डिशहोम सिनेमाघर” नामको मुभी अन डिमाण्ड सेवा, नेपालकै पहिलो स्पोर्टस् च्यानल “एक्सन स्पोर्टस्”, टेलिश्रृंखला तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने “रमाईलो टिभि” च्यानल, सांगितिक सामाग्रीहरु प्रशारण हुने “ओरेञ्ज म्यूजिक” च्यानल तथा विद्यार्थीहरुका लागि एजुकेशन च्यानल लगायत अन्य थुप्रै आफ्नै च्यानलहरु समेत रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्