
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – जनतालाई तौलमा ठग्ने र सोझा नेपालीलाई लुट्ने ‘ठग’ उपनाम पाएको शिवम् सिमेन्टको दादागिरीले सीमा नाघ्न थालेको छ । हुँदा हुँदा सिमेन्टले नेपालका विभिन्न विद्यालयहरुमा त्रुटीपूर्ण राष्ट्रगान राखेर विद्यार्थीलाई ‘कन्फ्युज्ड’ त बनाएको छ नै, राष्ट्र र राष्ट्रियतामाथिनै धावा बोलेको छ । आफ्नो व्यापारिक प्रयोजनका लागि विभिन्न बहानामा सिमेन्ट उद्योगले विभिन्न विद्यालयमा जाने, विद्यार्थीहरुलाई शिवम् सिमेन्टको व्यापारिक जानकारी दिने लगायतका काम गरिरहेका बेला यसरी राष्ट्र गानलाई नै बंग्याएर शिवम् ले राष्ट्रियतामाथिनै धावा बोल्दापनि न प्रशासन बोलेको छ, न कोहि मिडिया बोलेका छन् । तर हामी बोल्छौँ, कारण ‘राष्ट्रियता’ को मामलामा नेपाली जनता कम्प्रमाइज गर्न सक्दैनन् ।
शिवम् को प्रायोजनमा राष्ट्रिय गान बंग्याउने खेल
एक पटक तलको तस्विरलाई राम्रोसँग हेर्नुहोस् । र एक पटक नेपालको राष्ट्रगान सम्झनुहोस् । सिमेन्टले श्री गीता माता माध्यमिक विद्यालय, डल्लु काठमाडौँमा झुन्ड्याएको यो बोर्डमा नेपालको राष्ट्रिय गानमा केहि अस्वाभाविक गल्तीहरु छन् । ‘अखण्ड यो राष्ट्र हाम्रो मातृभूमि नेपाल’ हुनु पर्ने ठाउँमा ‘अखण्ड यो राष्ट्र हाम्रो मातृ भुमि नेपाली’ राखेर राष्ट्रिय गान बंग्याईएको छ । यस्तै ‘ज्ञानभूमि, शान्ति भूमि, तराइ, पहाड, हिमाल’ हुनुपर्ने ठाउँमा सिमेन्टले ‘जन्म भुमि, शान्ति भुमि तराइ पहाड हिमाल’ भन्ने उल्लेख गरेको छ ।

दर्जन बढी भाषागत गल्ती
यता सिमेन्टले विभिन्न स्कुलहरुमा झुन्ड्याएको राष्ट्रिय गानमा थुप्रै भाषागत त्रुटीहरु छन् । ‘सयौँ’ हुनुपर्ने ठाउँमा ‘सयौ’ उल्लेख छ । ‘फूलका’ भन्ने ठाउँमा ‘फुलका’ भन्ने उल्लेख छ । नेपाली शब्दकोश अनुसार रश्व ‘फुल’ भन्नाले कुखुराको अण्डा भन्ने जनाउँछ भने दीर्घ फूलले मालामा प्रयोग हुने फूल बुझाउँछ । यसरी बुझ्दा त शिवम् ले नाली हरुलाई कुकुराको अण्डाले बनेको माला भनेको छ । यस्तै ‘आँचल’ हुनुपर्ने ठाउँमा आंचल’ भएको छ । ‘शान्तिभूमि’ हुनुपर्ने ठाउँमा शान्ति भुमि’ भन्ने उल्लेख छ ।
विभिन्न स्कुलमा प्रचारात्मक काममा शिवम् सिमेन्टका ब्रान्ड एण्ड प्रमोसन विभागका अनुज महत
ब्राण्डमा काम गर्नेहरुलाई राष्ट्र गान आएन वा कतै बाट परिचालित भयो शिवम् सिमेन्ट ?
अहिले नेपाली राष्ट्रियतालाई कमजोर बनाउन देश तथा विदेशका थुप्रै शक्तिहरु लागि परेको भन्ने चर्चा चलिरहेका बेला शिवम् को यो कदमलाई पनि शंकाको घेरामा राखेर हेरियेको छ । ‘शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्याल र उनी भन्दा तलका ब्राण्डमै काम गर्ने कर्मचारी अनुज महतले तयार गरेको यस्तो सामाग्रीबारे के उनीहरुलाई थाहा थिएन होला र ? के उनीहरुलाई राष्ट्रिय गान थाहा थिएन ? राष्ट्रिय गानजस्तो संवेदनशील विषयमा यस्तो लापरवाही किन ?’ यस्तो बोर्ड स्कुलमा झुन्ड्याउनु अघि स्कुलले एक पटक राष्ट्र गान किन पढेन ? पढीसकेपछि गल्ती देखिएपछि किन निकालिएन ?’ थुप्रै प्रश्नहरु खडा भएका छन् ।

विभिन्न स्कुलमा प्रचारात्मक काममा शिवम् सिमेन्टका ब्रान्ड एण्ड प्रमोसन विभागका अनुज महत
स्रोतका अनुसार शिवम् सिमेन्टले कमिसन दिएर विभिन्न स्कुलहरुमा विभिन्न प्रचारात्मक कार्यक्रम गर्ने र यस्तो बोर्ड झुन्ड्याएको वापत पनि स्कुललाई कमिसन दिने गरेको छ । हामीले यसबारे श्री गीता माता माध्यमिक विद्यालयमा समेत सम्पर्क गर्न खोजेका थियौं । तर स्कुलका कोहि पनि प्रतिनिधि हाम्रो सम्पर्कमा आउनै चाहेनन् । यसले कमिसनको लोभमा स्कुल आफ्ना विद्यार्थीप्रति कतिसम्म गैरजिम्मेवार छ भन्ने पुष्टी गरेको छ भने शैशिक क्षेत्रहरुमा कसरी व्यापार र देशद्रोही काम भइरहेको छ भन्ने स्पष्ट पारेको छ । त्यसमाथि सिमेन्टले विभिन्न विद्यालयमा विभिन्न सेमिनारका नाममा सिमेन्ट उद्योगका बारेमा मात्र चर्चा गर्ने गरेको छ ।
![]() |
| यिनै हुन् राष्ट्रिय गान बग्न्याउने शिवम्का ब्राण्ड मेनेजर |
राष्ट्रघाती सिमेन्ट बोल्नै मान्दैन
यता राष्ट्रिय गान नै बंग्याएर विभिन्न स्कुलमा झुन्ड्याउने काम गरेको शिवम् सिमेन्टका कोहि पनि प्रतिनिधि यसबारेमा बोल्न चाहिरहेका छैनन् ।
सिमेन्ट उद्योगका ब्राण्ड मेनेजर केशव अर्याललाई हामीले यसबारेमा बुझ्न पटक पटक फोन गरेका थियौं । तर उनले यस विषयमा हामीसंग बोल्न नै चाहेनन् ।
शिवम् सिमेन्टका विभिन्न कर्तुतहरु एकपछी अर्को गर्दै सार्वजनिक हुन थालेपछि उनी मिडियाबाट भाग्न थालेका छन् । स्रोतका अनुसार यसरी नेपाली राष्ट्रियता बिगार्ने काम गरेवापत उनलाई अन्तराष्ट्रिय एजेन्सीहरुबाट मोटो रकम दशैं खर्च प्राप्त हुने गरेको छ भने विभिन्न कार्यक्रमका बहानामा विभिन्न स्कुलहरुमा सिमेन्ट उद्योगले मोटो कमिसन बाँड्ने गरेको छ।
यो छुटाउनु भयो कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्