×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुलेआम् जनता ठग्ने ‘शिवम् सिमेन्ट’लाई कानुन लाग्दैन, ‘सेटिङ’मै रोकिन्छ कारवाही !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खुलेआम् जनता ठग्ने ‘शिवम् सिमेन्ट’लाई कानुन लाग्दैन, ‘सेटिङ’मै रोकिन्छ कारवाही !

Artha Sarokar

७ श्रावण २०७४, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘एक पटक होइन, दुइपटक होइन, तीन तीन पटक जनता ठगेको प्रमाण सरकारी निकायले नै गरेको अनुगमनमा भेटिएको छ । तरपनि देशको कानुनले छुँदैन् शिवम् सिमेन्टलाई । कारण एउटामात्र छ कि, उसँग अथाह पैसा छ र हाम्रो देशको सिष्टम पैसामा बिक्ने गरेको छ ।’ यो एक होइन आम नागरिकको गुनासो हो । र त्यस्तै भइरहेछ । यसअघिपनि शिवम् सिमेन्टले ब्याच नम्बर नै नराखी सिमेन्ट बेचेको, गुणस्तरहीन सिमेन्ट बेचेको, कम तौलको सिमेन्ट बेचेको प्रमाणहरु फेलापरेपनि कम्पनीले कहिलेपनि कारवाही भोग्नु परेको छैन । ‘कम्पनीलाई पत्र काटिन्छ । र कम्पनीले हामीले होइन डिलरले बदमासी गरेको भन्दै झारा टारीदिन्छ ।’ स्रोत भन्छ, ‘यो बीचमा मोटो रकमको चलखेल हुन्छ ।’

दुइपटक त भएन कारवाही यसपाली के होला ?
यसअघि गुणस्तरहीन सिमेन्ट बेचेको र ब्याच नम्बर नराखी कम तौल भएको सिमेन्ट बेचेको प्रमाण सरकारी अनुगमन टोलीले फेला पारेको थियो । तर सामान्य पत्र पठाउने र शिवम् सिमेन्टले गैरजिम्मेवार उत्तर पठाउने बाहेक केहि पनि काम भएन । यसपाली पनि शिवम् सिमेन्टले ठगी गरेको प्रमाण फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको संयुक्त बजार अनुगमन टोलीले सिमेन्ट दिलार्हरुमा अनुगमन गर्दा शिवम् सिमेन्टमा प्रतिबोरा ८ किलो कम सिमेन्ट पाएको छ । 

२० बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिनुको राजसमेत खुलिसकेको अवस्थामा यस्तो कालोबजारी गर्ने कम्पनीलाई कारवाही होला त ? यसपालीपनि शिवम् लाई कारवाही हुने कुरामा शंका छ । पैसा र पावरका भरमा नेपाली बजारमा मनलाग्दी गरिरहेको कम्पनीले एकातर्फ जनता ठग्ने काम गरिरहेको छ भने अर्कोतर्फ ठुलो रकम राजस्व छल्ने काम गरेको छ । तरपनि उक्त कम्पनीलाई कुनै कारवाही हुँदैन । यसपालीपनि शिवम् सिमेन्टले ठगी गरेको प्रमाण फेला त परेको छ तर पहिलाकै जस्तो डिलरलाइ दोष दिएर र कमिसनका भरमा यो इस्यू तुहाउने खेलमा शिवम् सिमेन्टका प्रतिनिधि लागिसकेको स्रोतको दावी छ ।

‘सेटिङ’मै रोकिन्छ कारवाही !  
‘यसअघिपनि शिवम् सिमेन्टले ठगी गरेको प्रमाण फेला परेको थियो । तर शिवम् सिमेन्टलाइ देशको कानुन लाग्दैन ।’ शिवम् मै काम गर्ने एक कर्मचारी भन्छन्, ‘तपाईंहरुले जति समाचार लेखेपनि केहि हुनेवाला छैन । सबैकुरा  ‘सेटिङ’मै हुन्छ । सम्बन्धित ठाउँमा पैसा खुवाएर शिवम् हरेक पटक कारवाहीबाट जोगिएको छ र यसपाली पनि जोगिन्छ । कारवाही गरिनै हाल्यो भने पनि ‘तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु’ गर्ने काम मात्र हुन्छ । उनका अनुसार अनुमगनले फेला पार्यो भने के गर्ने भन्ने कुरा शिवम् का कर्मचारीहरुलाई राम्रोसंग तालिम दिइएको छ । उनी अगाडी भन्छन्, ‘तपाइलाइ थाहा छ ? शुक्रबार शिवम् सिमेन्टले ठगी गरेको एउटा समाचार देशको ठूलो पत्रिकाले छाप्यो । तर उक्त पत्रिकाको अनलाइन संस्करणमा उक्त समाचार हालेको १ घन्टामा नै हट्यो । अब बाँकी मैले केहि भन्नु पर्छ र ? त्यति ठुलो मिडिया त किन्दिन सक्छ हाम्रो कम्पनीले, ती मु* अनुगमन गर्नेहरुको के हैसियत छ र ?’        

आपूर्ति विभागका महानिर्देशक भन्छन्, ‘दोषीमाथि कारवाही हुन्छ’ 
यता आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले उपभोक्तालाइ ठगी गर्ने सिमेन्टलाइ कारवाही हुने बताएका छन् ।  ‘एक बोरामा ८-८ किलो कम हुनु भनेको व्यापक ठगी हो । महानिर्देशक दाहालले भने, ‘यी सिमेन्टहरुलाई कालोबजारी ऐन अनुसार कारवाही हुन्छ । ‘आधा किलोसम्म घटबढ हुनु सामान्य हो । लोड- अनलोड हुँदा यस्तो हुन्छ । तर ८ किलो नै भिन्नता हुनु भनेको सिधै ठगी हो ।’ उनले भने । यता गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले यस्तो ठगी गर्ने सिमेन्ट उद्योगलाइ कुनैपनि हालतमा कारवाही हुने बताएका छन् । ‘दोष कसको हो भन्ने कुरा अनुसन्धान गरी दोषी उपर कारवाही हुन्छ । जनतालाई ठग्नेमाथि कुनै छुट हुँदैन ।’ उनले भने।  

आफ्नो कर्तुत पर्दाफास भएपछि फोन नै उठाउँदैनन् शिवम् सिमेन्टका सम्बन्धित कर्मचारीले 
शिवम् सिमेन्टले २० बोरा सिमेन्ट बराबर एक बोरा सिमेन्ट सित्तैमा दिने स्किम ल्याएपछि अरु केहि सिमेन्टहरुले त्यस्तै स्किम ल्याएको कुरालाई सामाजिक संजालमा आफ्नो सिको गरेको बताउने शिवम् का कर्मचारीहरु आफनो उद्योगको कर्तुत सार्वजनिक भएपछि भने चुप बसेका छन् । यतिसम्मकी उनीहरुले यसबारे बुझ्न फोन गर्ने संचारकर्मीको फोन समेत उठाएका छैनन् । हामीलेपनि  यसबारे बुझ्न शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्याललाइ सम्पर्क गरेका थियौं । तर आफ्नो कर्तुत सार्वजनिक भएपछि उनले हाम्रो फोन उठाएनन् । केहि महिना अगाडीदेखि शिवम् सिमेन्टका विभिन्न कर्तुतहरु अर्थ सरोकार डटकमले सार्वजनिक गरिरहेकाले उनले अर्थ सरोकारबाट गएको फोन नै उठाउन छोडेका छन् । उनकै रोहबरमा यसबारे केहि ठुला संचारमाध्यममा आएका समाचारहरु हटाइएको छ । यसरी अनुगमन टोलीदेखि मिडियासंगको मिलेमतोमा ठगी गर्ने शिवम् सिमेन्टलाइ कस्तो कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।   

यो छुटाउनु भयो कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी