
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बिजुली चोरेर देशलाई अन्धकारतर्फ धकेल्ने काम गरेको, र नेपाललाई ‘उज्यालो नेपाल’ बनाउने कुलमान घिसीङको महाअभियानलाई असहयोग गरेपछि ‘देशमारा सिमेन्ट’ को उपमा पाएको शिवम् सिमेन्टले देश र जनता ठगी गर्न अर्को पासा थापेको छ । यसअघि जनतालाई बिग्रेको सिमेन्ट दिएर होस् वा गुणस्तरमा ‘कम्प्रमाइज’ गरेर होस्, ठगी गरिरहेको सिमेन्ट उद्योगले सिमेन्टप्रति जनताको विश्वास एकातर्फ घट्दै गएको र अर्कोतर्फ देशलाई मारेर मोटाउने धन्दामा करछली गर्न आफ्ना विक्रेताहरुलाई सिकाउने ‘बदनियत’ साथ असार १४ देखि नयाँ स्किम ल्याएको छ ।
यो छुटाउनु भयो कि ?
शिवम् सिमेन्टले ल्याएको नयाँ स्किम अनुसार अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा पाइने भएको छ । यसअघि शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो । सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी-गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो । तर उक्त योजनाबाट कर छल्ने काम सम्भव नभएको भन्दै उद्योगकै मिलेमतोमा काम गरिरहेका विभिन्न विक्रेताहरुले गुनासो पोखेपछी उनीहरुकै अनुरोधमा झट्ट हेर्दा सित्तैमा सिमेन्ट दिएजस्तो पनि हुने र कर पनि चल्न पाइने ‘आइडिया’ दिएपछि शिवम् सिमेन्टले यस्तो अफर ल्याएको हो ।
यस्तो छ शिवम् सिमेन्टको बदनियत !
शिवम् सिमेन्टमै कार्यरत एक लेखा विभागका कर्मचारीले दिएको जानकारी अनुसार, विक्रेताकै छलफलमा शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्यालले यस्तो अफरको डिजाइन गरेका हुन् । ‘यो अफर अनुसार २० बोरा सिमेन्ट दिंदा एक बोरा सिमेन्ट सित्तैमा आउनेछ । शिवम् सिमेन्टले आफ्ना विक्रेताहरुलाई सकेसम्म रिटेल ग्राहकहरुलाई भ्याट बिल नदिए हुन गरेका फाइदाहरु सिकाउने गरेको छ । यो २० बोरा सिमेन्ट किन्दा १ बोरा सिमेन्ट सित्तैमा दिने अफरपनि यसलाई ‘बोल्ने बाटो’ राख्ने आधारमात्र हो ।’ शिवम् सिमेन्टका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘ सिमेन्टले सकेसम्म आफ्ना ग्राहकहरुलाई बिल नदिन आफ्ना विक्रेताहरुलाई सिकाएको छ । सयौं बोरा सिमेन्ट विक्री गर्दापनि आफ्ना ग्राहकहरुलाई भ्याट बिल नदिने शिवम् ले सिकाएको छ । यो ग्राहक र देश ठग्ने तर आफ्नो सिमेन्ट जवर्जस्ती राम्रो छ बह्नेरा रिटेल ग्राहकलाई भिडाउने शिवम् सिमेन्टको रणनीति हो । पछी करमा पनि ‘क्लियर’ देखियोस् भन्दै केहि विक्री देखाउन फेक बिल काट्ने, वा बिल बेच्ने काम गर्दापनि २० बोरामा १ बोराका दरले कम विक्री देखाएर कर छल्ने बाटोलाई ‘कानुनत:’ जस्तो देखाउने बदनियत उद्योगले राखेको छ ।
यस्तो छ ‘ठगी’ को क्यालकुलेसन
शिवम् सिमेन्ट उद्योगले आफ्ना ग्राहकहरुलाई सकेसम्म बिल नदिन सिकाएको छ । अहिले नै पनि शिवम् सिमेन्ट बेच्ने विभिन्न ट्रेडर्स हाउसहरुमा छापा मार्ने हो भने भ्याट बिल भनेर फ्रोफोमा इन्भोइस भिडाउने, बिल नै जारी नगर्ने र गरेपनि कम मूल्यको बिजक जारी गर्ने गरिएको शिवम कै कर्मचारीको दावी छ ।
शिवम् सिमेन्ट उद्योगका लेखा विभागका एक कर्मचारीले दिएको ठगीको क्यालकुलेसनको उदाहरण यस्तो छ :
‘क’ नामको कुनै एक ट्रेडर कम्पनीले शिवम् सिमेन्ट बेच्छ : मानौं ‘क’ भन्ने उक्त कम्पनीले २० बोरा भन्दा कम सिमेन्ट दिएर १०० बोरा सिमेन्ट बेच्यो । ग्राहकसँग १०० बोराकै पैसा उठायो । ग्राहकलाई बिल दिएन । एउटा ठगी यहाँ भइनै हाल्यो । पछी फेक बिल काट्दा वा बिल बेच्दापनि वा करले ‘टाइट’ नै गरेका कारण सबैको बिल देखाउनुपरेको अवस्थामा उसले ९५ बोरा सिमेन्ट विक्री भएको बिल देखाउँछ । ५ बोरा सिमेन्ट नि:शुल्क दिएको उल्लेख गर्छ । र ग्राहकसँग ५ बोरा सिमेन्ट वापत उठाएको भ्याटको रकम आफ्नो खल्तीमा हाल्छ ।
यसो गर्दा सरसर्ती हेर्दा लेखामा कुनैपनि गल्ती देखिंदैन । करले छापा नै मार्यो भनेपनि उसले ग्राहकलाई नदिई विभिन्न निर्माण सेवालाई बेचेको वा आफु खुसी बिल कसैका नाममा काटेको देखाउँदा कर छलीनै कानुनत: जस्तो देखिन्छ । हजारौं बोरा सिमेन्ट बेच्ने विक्रेताले यसरी खुलेआम कानुनत: नै देखिने जसरी भ्याट छल्छन् । शिवम् सिमेन्ट बेच्दा यसरी फाइदा हुने भएपछि विक्रेताले पनि सकेसम्म शिवम् सिमेन्ट नै बेच्ने गर्छ । देश र जनता ठगिएपनि कम्पनी र विक्रेता दुबैलाई फाइदा हुन्छ ।
शिवम् सिमेन्टले यो स्किममा बदनियत गरेपनि उसले ब्रान्डीङको राम्रो शैली अपनाएको पनि बिर्सनु हुँदैन ।
यसबारे बुझ्न् हामीले हामीले शिवम् सिमेन्टमा बदनियतका साथ यस्तो स्किम डिजाइन गरेको आरोप लागेका ब्राण्ड मेनेजर केशव अर्यालसँग सम्पर्क गरेका थियौं । तर उनलाई फोन गर्दा उनले हाम्रो फोन उठाएनन् ।
यस्तो ठगी सामान्य हो : लेखा विज्ञ
हामीले शिवम् का कर्मचारीले दिएको जानकारीका बारेमा करमा अभ्यास गरिरहेका एक चार्टड एकाउन्टेन्टलाई सोधेका थियौं । उनले सिमेन्ट उद्योगले गर्ने गरेको यस्तो बदमासी लामो समयदेखि चलिरहेको दावी गरेका छन् । ‘यसरी कर छली गर्नु नौलो कुरा होइन । यस्ता खाले स्किम ल्याउन कतिपय सिमेन्ट उद्योगहरुलाई त करमा अभ्यास गर्नेहरुले नै आइडिया दिएका हुन्छन् ।’ उनले भने । उनका अनुसार शिवम् मात्र नभई अन्य सिमेन्टले पनि यसरी कर छल्ने गरेका छन् । ‘सिष्टममा कुन उद्योग चलेको छ र ? अहिलेपनि सिमेन्ट र डण्डी उद्योगमा छापा मार्ने हो भने अधिकांस चोखा छैनन् । ठेकेदार कम्पनीलाई बिल बेच्ने र प्रोफोमा इन्भोइसलाई भ्याट बिल भनेर ठगी गर्ने अधिकांस सिमेन्टका विक्रेता हुन् । जहाँसम्म शिवम् सिमेन्टको कुरा छ, उसले यो मामलामा ठगी गरीरहेको, र गर्ने कुरामा कुनै शंका नै छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्