
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- चन्द्रागिरी हिल्स लिमिटेडले सोझा नेपालीलाई ठगेको र आइएमइका नाममा हुण्डी धन्दा चलाएर अकुत सम्पति कमाएको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषित गरेका आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई मूर्ति चोरीको समेत आरोप लागेको छ । चन्द्रागिरी वरपरका स्थानीय बासिन्दाहरुले सुरुवातीका दिनमा डाँडामा रहेको भालेश्वर महादेवको सक्कली मूर्ति रातारात गायब पारिएको र उक्त मूर्तिलाई करोडौं रुपैयाँमा भारत लगेर बेचेको आरोप लगाएका छन् ।
‘अहिले भालेश्वर मन्दिर भन्दै पर्चा गरिएको मन्दिर भालेश्वर महादेवको हुँदै होइन । प्राण स्थापना गरेको भन्दै भारतबाट शिवलिङ्ग ल्याएर त्यसैलाई पूजा गरिएको छ भने भित्र सक्कली मूर्ति पनि राखिएको छ भन्दै रातारात उस्तै देखिने मूर्ति त्यहाँ राखिएको छ । तर हामीले परापूर्वकालदेखि पूजा गर्दै आएको मूर्ति त्यहाँ छैन ।’ आफुसँग भएको सक्कली भालेश्वर महादेवको मूर्तिको पूरानो फोटो देखाउंदै एक स्थानीय बासिन्दाले भने, ‘हामीले परापूर्वकालदेखि पूजा गरेको मूर्तिमा शिवका चार मुख छन् (माथि कभर तस्विरमा देखाइएको) । चन्द्रागिरीमा मन्दिर र केवलकार निर्माण गर्दा स्थानीयलाई प्रवेश थिएन । यसको मौका छोपेर मूर्ति गायब पारियो । स्थानीय केहि गुण्डाहरुसँग मिलेर विभिन्न समितिका नाममा सक्कली मूर्ति बेच्ने र नक्कली मूर्ति ल्याएर जनताको आस्थामाथि कुठाराघात गर्ने काम भएको छ ।’ उनले भने ।
पूरातत्व विभाग गुहार्दै स्थानीय
चन्द्र ढकालको नेतृत्वमा चन्द्रागिरीमा रहेको भालेश्वर महादेवको सक्कली मूर्ति गायब गरिएको भन्दै केहि स्थानीय बासिन्दाहरुले पूरातत्व विभाग गुहार्ने भएका छन् । ‘यसका लागि हामीलाई तपाईंजस्तै मिडियाकर्मीको सहयोगको खाँचो छ ।’ एक स्थानीयबासीले भने, ‘चन्द्र ढकालको पहुँच निकै माथि छ । उनले पैसाकै भरमा बन मन्त्रालयका हाकिमदेखि राजश्वका हाकिमसम्मलाई आफ्नो खल्तीमा हालेर हिंड्ने गरेका छन् । यहि कारण चन्द्रागिरी हिल्स लिमिटेडले फडानी गरेको बन र त्यहाँ छली भएको लाखौँको करको हिसाव गोलमाल हुँदा पनि कोहि बोलेको छैन । हामी आँट गर्दैछौं । तर विभागका कर्मचारीलाई पनि उनले किनिदिने र ह्राम्रो इतिहास मेटाउने प्रयास हुन्छ भन्ने डर हामीसँग छ । सरकारले चाहेको खण्डमा भारतमा बेचीएको सक्कली मूर्ति फिर्ता हुन सक्छ ।’
बोल्नै मान्दैनन् चन्द्र ढकाल !
हामीले चन्द्रागिरी हिल्स लिमिटेडले गरिरहेको ठगीबारे बुझ्न उनीसँग पटक पटक फोन गरेका छौं । तर चन्द्र ढकाल यस सम्बन्धमा बोल्नै चाहिरहेका छैनन् । यसपटक पनि उनले हाम्रो फोन उठाएनन् । यसरी यस्ता सार्वजनिक कुराहरुमा गम्भीर आरोप लाग्दा समेत केहि नबोल्नुको पछाडी चन्द्र ढकालले केहि बदमासी पक्कै गरेका छन् भन्ने आरोपलाई झन् मलजल पुगेको छ । यसबारे चन्द्र ढकालले नबोलेपछी हामीले चन्द्रागिरी हिल्स लिमिटेडका सुचना अधिकारी राजु पौडेललाई सम्पर्क गरेका थियौं । उनले त उल्टै आइएमइ ग्रुपका बारेमा यस्तै गरी निरन्तर समाचार आइरहे राम्रो नहुने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । ‘कहिले आइएमइका बारेमा त कहिले चंद्रागीरिका बारेमा तपाईंले लगातार समाचार लेखिरहनु भएको छ । यी सबै कुरा मेरो कन्ट्रोल भन्दा बाहिर जान लागिसक्यो । भोलि केहि नराम्रो भए त्यसको जिम्मेवार तपाईं आफैं हुनुहोला ।’ धम्कीपूर्ण भाषा प्रयोग गर्दै उनले भने ।
स्मरण रहोस् केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टीले चन्द्र ढकाललाइ राष्ट्रिय भ्रष्टाचारी घोषित गर्दै उसकै भाषामा ‘जनकारवाही’ गर्ने घोषणा गरिसकेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडसम्बन्धी यी सामाग्री छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्