×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ तस्विरमा हेर्नुहोस् ‘सुन्दर कालिञ्चोक’, सस्तो खर्चमा यसरी पुग्न सकिन्छ ! (फोटोकथा)

PRIME CA

१२ तस्विरमा हेर्नुहोस् ‘सुन्दर कालिञ्चोक’, सस्तो खर्चमा यसरी पुग्न सकिन्छ ! (फोटोकथा)

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • सविता सापकोटा / अर्थ सरोकार डटकम 
दोलखा – ‘कस्तुरीको बासना खोज्दै भौतारिएको मृग’ झैं आनन्दको खोजीमा भौतारिएका नागरिकहरुको कमी छैन देशमा । तर प्रकृतिले अपार सुन्दरताका सुक्ष्म रेखाहरु पोखिदिएको कालिञ्चोक डाँडामा पुगेपछि लाग्छ, ‘आनन्द भनेको यहि रहेछ । नमरी स्वर्ग देखिंदैन भन्ने उखान गलत रहेछ । स्वर्गको टुक्रा त कालिञ्चोक रहेछ । अनि भन्नेहरुले केहि छैन भनेको मेरो देशमा त सर्वस्व रहेछ ।’ आस्था हुनेहरुका किम्बदन्ती अनिगिन्ती छन् कालिञ्चोकमा । तर देवतामाथि विश्वास नगर्ने नागरिक पनि एक पटक सोच्न वाध्य हुन्छ कालिञ्चोकमा, ‘यो स्वर्गमा देवताको बास नभएर कसको होला र ?’ सुन्दर कालिञ्चोकको सुन्दर पहिरनले नालोभ्याउने सायदै होलान् । 
पछिल्लो समय कालिञ्चोक आउने पर्यटकहरु ह्वात्तै बढेका छन् । नबढुन् पनि किन, आफ्नै घरभन्दा केहि कोष पर रहेको एउटी ‘परी’लाई नियाल्ने इक्षा कसको नहुँदो हो र ? र त फेसबुक र ट्वीटरका भित्ताहरुमा कालिञ्चोकको काखमा रमाएका आकृतिहरु टाँसीने क्रम बढ्दो छ । ‘इन्स्टा’मा कालिञ्चोकका तस्विरकथाहरु अपलोड हुने क्रम बढेको छ । सँगै बढेको छ यो सुन्दर भूमिको वर्णन गर्नेहरुको संख्या पनि ।

हल्लाको पछी नलागौं ! ‘असहज छैन बाटो’
यसो त केहि समयअघि भूकम्पले मन्दिर पुग्ने बाटो बिग्रिएको थियो । तर स्वर्ग जाने बाटो बनेको छ र प्रकृतिरुपी अप्सरा हेर्न अव त्यति कठीन छैन । नपुगेकाहरुले वा पुगेर अरु नपुगुन् भन्ने इर्स्या पाल्नेहरुले कालिञ्चोक गइनसक्नुछ, लेक लागेर हैरान हुन्छ, बाटो नै छैन भन्ने गरेको पनि सुनिने गरेको छ । तर त्यो भ्रम सिवाय केहि होइन । नडुबी समुन्द्रको गहिराइ कसरी पत्ता लाग्छ र ! शुक्रबार, शनिबार, सोमबार र मंगलबार बढी घुइंचो हुने कालिञ्चोकमा विदाका दिनपनि पर्यटकहरुको ओहिरो लाग्ने गरेको छ । 
समुद्र सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर टाकुराबाट रोल्वालिङ, जुगल, लाङटाङलगायतका हिमशृंखलाहरूको अवलोकन गर्न सकिन्छ । कुरीबाट कम्तीमा एक घण्टामा र घ्याङडाँडाबाट आधा घण्टामा कालिञ्चोक टाकुरो पुग्न सकिन्छ ।
फोटोग्राफर प्रोफाइल 

यसरी पुग्न सकिन्छ कालिञ्चोक !

यो स्वर्गम एक पटक पाइला टेक्न इक्षा गर्नेहरुका लागि यात्रा कठीन छैन । काठमाडौँबाट चरिकोटसम्मको यात्रा १३३ किलोमिटर हो । गाडी ‘रिजर्व’ गरेर पनि त्यहाँ जाँदा हुन्छ । मोटरसाइकल लिएर कालिञ्चोक पुग्नेहरु पनि प्रशस्तै छन् । काठमाडौंमा पुरानो बसपार्क र कोटेश्वरबाटपनि चरिकोटसम्म जाने बस तथा जिप पाइन्छ । काठमाडौंदेखि चरिकोटसम्म बसमा ३३० देखि ४ सय र जिपमा ५ सय रुपैयाँ भाडा लाग्छ । त्यहाँबाट कुरी बजारसम्म जानका लागि जीप पाइन्छ । कतिपय हिंडेर समेत जाने गरेका छन् । करिव ९ जना अट्ने जीप ३५०० देखि ४००० रुपैयाँसम्ममा पाइन्छ । काठमाडौँबाट चरिकोट पुगी बास बसेर भोलिपल्ट कालिञ्चोक पुगेपनि हुन्छ । चरिकोटका होटलहरु सस्ता छन् । ४०० देखि ६०० रुपैयाँमा राम्रा कोठाहरु पाइन्छन् । कुरी बजार गएर बास बस्ने हो भने कुरी बजारका होटलहरु केहि महंगा छन् । खाना नास्ता केहि महँगो छ । तर त्यहाँ बास बसेर उकालो लाग्नुको कम मज्जा भने छैन । यसो त विभिन्न ट्राभल कम्पनीहरूले कालिञ्चोकसम्म जाने आउने प्याकेजसमेत बनाएका छन् । 
तस्विरमा हेर्नुहोस् सुन्दर कालिञ्चोक 











(माथि उल्लेखित समूर्ण तस्विरको सर्वाधिकार सविता सापकोटासँग एकल रुपमा सुरक्षित छ ।- सम्पादक) 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: