
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- गृहमन्त्रीसँग निकट सम्बन्ध रहेका कारण काबिल प्रहरी अफिसरलाई पछी पार्दै महानगरीय प्रहरी परिसर टेकुको नेतृत्व सम्हालेका बरिष्ट प्रहरी उपरीक्षक रविन्द्र धानुकको चरम लावार्वाहीका कारण सोमबार बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्षको दिन दहाडै हत्या भएको तथ्य बाहिर आएको छ । घटनाको पूर्व सुचना पाउँदासमेत निरिह बनेका धानुकले समयमै उक्त सूचनालाई गम्भीर रुपमा नलिंदा सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या भएको तथ्य बाहिर आएको हो ।
यस्तो छ धानुकको ‘इतिहास’
यसो त एसएसपी धानुक सोमबारको प्रकरणमा मात्र असफल भएका होइनन् । धानुक, तीनै प्रहरी अफिसर हुन्, जो प्रहरी निरिक्षक रहँदा निलम्बनमा परेका थिए । पटक पटक प्रहरी संगठन भित्रै खराब रेकर्ड रहेका उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको इन्चार्ज रहँदा समेत उक्त समय युवा संघका नेता दुर्गा तिवारीको गत पुषमा गोली हानी हत्या भएको थियो । उक्त समयमा उक्त हत्याको जिम्मा मनोज पुन समूहले लिएका थिए ।
तत्कालीन समयमा पनि मनोज पुन समूहले आफुहरु काठमाडौँ छिर्ने चेतावनी दिएका थिए भने सोमबारको घटना अघि पनि उक्त समूह काठमाडौँमा यस्तो घटना गराउन लागि परेको सुचना धानुकले पाएका थिए । यस्तै सोमबारको घटनाको पूर्व सुचना पुनका सहयोगीहरुले धानुकलाई दिएको भएपनि उनको कमजोर व्यवस्थापन र गम्भीर लापरवाहीका कारण उक्त सुचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । अन्तत: सोमबारको घटना भयो ।
यसो त माओवादी केन्द्रसँग निकै निकट रहेका कारण धानुक प्रहरी संगठनभित्रै पनि कसैले भनेको नमान्ने, हाकिमलाई पनि टेर्न छाडेको भन्दै विवादित थिए । उनको यो स्वभावको चर्चा महानगरीय प्रहरीको कार्यालयदेखि आइजीपीको सचिवालयसम्म चल्ने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्