×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतमा पावर छ भन्दै क्यासिनोका लगानीकर्तालाई ठग्दै !

PRIME CA
GLOBAL IME BANK

अदालतमा पावर छ भन्दै क्यासिनोका लगानीकर्तालाई ठग्दै !

२६ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ- अदातलमा आफ्नो पावर भएको बताउँदै क्यासिनोमा लगानी गर्न चाहनेलाई तत्पबहादुर विष्टले लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ । अदालतबाट ‘स्टे अर्डर’ मिलाइदिने भन्दै क्यासिनोमा लगानी गर्न चाहनेहरुलाई विष्टले ठगी गरेका हुन् । आफूलाई एभरेष्ट क्यासिनोको सञ्चालक बताउने तप्तबहादुर विष्टले विभिन्न न्यायाधीशको नाम लिँदै मुद्दामामिलामा प्रभाव पार्ने आश्वासन दिएर लाखौं ठगी गरिरहेको स्रोतले बताएको हो ।
‘यो मुद्दामा यस्तो आदेश गराइदिन्छु’ भन्दै विष्टले ठगी गरेका कैयौं उदाहरण भएर पनि सम्बन्धित निकायले मौनता देखाइरहेको अवस्थामा तत्कालीन जिल्ला विकास समिति, ललितपुरसँगको एउटा ठेक्का सम्बन्धमा राखिएको धरौटी प्रकरण मिलाइदिने भन्दै लाखौं असुलेर विष्ट ‘फरारशैली’मा हिँड्ने गरेका छन् । सम्झौताअनुसार काम नगरेपछि पीडितबाट टाढा हुन भूमिगतशैलीमा हिँड्ने गरेका विष्टले पीडित पक्षको पैसा फर्काउने सम्बन्धमा पनि आलटाल गर्दै आएको बुझिएको छ ।
पाटन उच्च अदालतका न्यायमूर्तिद्वय युवराज सुवेदी र प्रेमराज कार्कीको त विष्टले ठाउँकुठाउँ नाम लिन पछि पर्दैनन् । ‘तपाईंलाई विश्वास छैन भने न्यायाधीशलाई यहीँ बोलाइदिऊँ ?’ सम्म भन्न पछि नपर्ने तप्तबहादुर विष्टसँग ती न्यायमूर्तिको कस्तो र के सम्बन्ध हो ? पाँचतारे होटलमा मात्र सञ्चालन गर्न पाइने क्यासिनो दुई वर्षदेखि बन्द एभरेष्ट होटलमा चलाउन उच्च अदालत पाटनबाट अन्तरिम आदेश ल्याउने भन्दै अनधिकृतरुपमा क्यासिनो चलाउँदै आएका विष्टले त्यसबाहेक कैयौं व्यक्तिमाथि विभिन्न न्यायमूर्तिको नाम भजाउँदै लाखौं असुल गरिरहेको तर कतिपय मुद्दा संयोगवश निजले नै भनेजस्तो फैसला आउने गरेको र कतिपय फैसला विपरीत आए पनि सम्बन्धित पक्षलाई लिएको रकम फर्काउन त के उनीहरुसँग मुन्टो लुकाएर भाग्दै हिँड्ने गरेको पाइएको छ ।
अन्नपूर्ण क्यासिनोमा सामान्य कर्मचारीका रुपमा काम गर्दैगर्दा लोकतान्त्रिक आन्दोलनलगत्तै त्यसका मालिक आरडी टटल र राकेश वादवाको आन्तरिक विवादले गर्दा मालिकको हैसियतमा पुगेका विष्ट हिजोआज ठूलो दलाल भएर निस्केको अवस्था छ । न्यायालयले फैसला गर्नुपूर्व नै ‘म अन्तरिम आदेश ल्याइदिन्छु’ भन्ने आँटका साथ अवैधरुपमा क्यासिनो सञ्चालन भइरहँदा पनि नेपालको प्रशासन मौन छ । अनुमति लिएर सञ्चालनमा रहेका क्यासिनोमा प्रहरीले जबर्जस्ती प्रवेश गरी आतंक मच्चाउँदा पनि किन उनै प्रहरीको एभरेष्ट क्यासिनोमा नजर परिरहेको छैन ? प्रश्न यहीँनेर गम्भीररुपमा तेर्सिएको छ ।
क्यासिनो सञ्चालनमा आउन पाँचतारे होटल सञ्चालनमा हुनैपर्छ तर, दुई वर्षअघि गएको भूकम्पपछि एभरेष्ट होटल बन्द छ, त्यहाँ रातो स्टिकर लगाइएपछि बन्द भएको हो । तर, होटल बन्द भएको अवस्थामा सोही होटलको लाइसेन्सबाट प्राप्त हुने क्यासिनो सञ्चालन अधिकार कसरी तप्त विष्टले प्रयोग गर्न सक्यो ?
समाचार स्रोतका अनुसार पाटनतिरका हातहतियार प्रकरणमा समेत तानिएका वीरेन्द्र महर्जन नामका विवादित व्यक्तिका नाममा रहेको क्यासिनो सञ्चालनको लाइन्सेन्स चक्रबहादुर सिंह नामका अर्का विवादित व्यक्तिले भाडामा प्रयोग गर्ने सम्झौता गरेको र त्यसरी भएको सम्झौताअनुसार तप्त विष्टलाई फ्रन्टमा ल्याएर क्यासिनो सञ्चालन गरिएको हो । सायद सेटिङ मिलेकै भएर अवैधरुपमा वैध क्यासिनो सञ्चालनमा ल्याइएको हो भन्ने आशंकासमेत देखिएको छ । त्यसैगरी अवैध जुवाघर एभरेष्टमा काम गराएका कर्मचारी र मजदुरलाई लामो समयदेखि पारिश्रमिकसमेत नदिएको पनि जानकारीमा आएको छ । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: