×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकाशको निधनपछी मुटु जाँच गराउनेहरु ह्वात्तै बढे, अस्पतालहरुमा ‘डरको बिजनेश’, मनपरी शुल्क उठाईदै !

PRIME CA
GLOBAL IME BANK

प्रकाशको निधनपछी मुटु जाँच गराउनेहरु ह्वात्तै बढे, अस्पतालहरुमा ‘डरको बिजनेश’, मनपरी शुल्क उठाईदै !

७ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको भन्ने कुरा बाहिर आएपछि पछिल्ला केहि दिन मुटु ‘चेकअप’ गराउनेको संख्या ह्वात्तै बढेको छ । केहि हुँदामात्र अस्पताल जानेहरु अहिले मुटु जाँच्नकै लागि अस्पताल धाउन थालेका छन् । प्रकाशको निधनपछी धेरै सर्वसाधारण पनि त्रसित बनेपछि मुटु जाँच्नेहरुको संख्या ह्वात्तै बढेको डाक्टरहरु बताउँछन् ।आइतबार प्रकाश दाहालको ‘सडन कार्डियल डेथ’को कारण मृत्यु भएको कुरा बाहिर आएको थियो । सो कारणले उनको मृत्यु भएको खबर बाहिर आएपछि अहिले आफ्नो मुटु जाँच गराउनेहरुको संख्या पनि ह्वात्तै बढेको हो । 
ह्वात्तै बढे मुटु जाँच्नेहरु
विशेषगरी काठमाडौँका अस्पतालहरुमा पछिल्ला केहि दिन मुटु चेकअप गर्नेहरुको संख्या ह्वात्तै बढेको डाक्टरहरु बताउँछन् । काठमाडौँका नर्भिक, ओम, लगायतका अस्पतालहरुमा मुटु जाँच्नेहरु ह्वात्तै बढेका छन् । मुटु जचाउनेहरुमा बढी मोटा व्यक्ति वा बढी तौल भएका व्यक्तिहरु रहेको डाक्टरहरु बताउँछन् । ‘अहिले मुटु जचाउनेको संख्या ५० प्रतिशतले बढेको छ ।’ नर्भिक अस्पतालका एक मुटुरोग विशेषज्ञले भने, ‘प्रकाश दाहालको निधनका समयमा यहाँ अस्पताल आएको बताउनेहरु बढी छन् जाँच गराउनेमा । कतिपय त नेताहरु नै पनि छन् । माओवादी केन्द्र भित्रकै नेताहरु पनि धेरै छन् ।’ उनका अनुसार जाँच गराउने कतिपयमा समस्या पनि देखिएका छन् । विशेषगरी बढी चुरोट र मदिरा पिउनेहरुले मुटु जाँच गर्दा राम्रो हुन्छ । 

के हो प्रकाशलाई भयो भनिएको ‘सडन कार्डियल डेथ’ ? 
विशेषज्ञहरुका अनुसार सडन कार्डियल डेथ स्वस्थ मान्छेलाई निकै कम हुने गर्दछ । ‘यो भनेको केहि नभई तुरुन्त मान्छे मर्ने पनि होइन । यसका पनि लक्षण हुन्छन् । मुटुको पावर ३० प्रतिशत वा सोभन्दा कम हुने, पहिला हर्ट अट्याटक भइरहने, सुगरका रोगी, डायवेटिजका बिरामी र धुम्रपान गर्नेहरु सडन कार्डियल डेथका उच्च जोखिममा हुन्छन् । तर धेरैलाई यो भनेको केहि नभई स्वास्थ्य व्यक्तिको एक्कासीनिधन हुनु हो भन्ने बुझिएको छ, जुन सरासर गलत हो । ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक मुटु रोग विशेषज्ञले भने । उनका अनुसार राती घुर्ने व्यक्तिलाई पनि यो रोगको सम्भावना बढी हुन्छ ।
अस्पतालको मनपरी शुल्क 
यता कसैको निधनपछि नागरिकमा उब्जिएको मनोविज्ञानको बिजनेश गरीरहेकाहरुले मनपरी गर्न थालेका छन् । कतिपय अस्पतालले यसरी आत्तिएर अस्पताल आउनेहरुलाई जथाभावी औषधि भिडाउने, महँगो शुल्क लिने, केहि नहुँदा पनि सामान्य औषधि भीडाउने लगायतका काम गरिरहेका छन् । काठमाडौँ थापाथली स्थित एक अस्पतालमा उपचार गराउन पुगेका कोटेश्वर बस्ने एक व्यापारीले आफ्नो मुटु स्वस्थ भएको बताउने अस्पतालले यो हुन सक्छ र त्यो हुन सक्छ भन्दै औषधि भिडाएको बताएका छन् । उनका अनुसार आत्तिएर अस्पताल पुगेकाहरुलाई ‘धन्न समयमा असपताल आउनुभएछ’ भन्ने अनि अनावश्यक औषधि भिडाएर डरको बिजनेश भइरहेको आरोप लगाएका छन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: