
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- छैटौँ राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्नेहरु सम्मानित भएका छन् । यसै क्रममा व्याक्तिगत रुपमा देशलाई सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ राणा यसपटकसहित चौथोपटक सम्मानित भएका छन् । उनी सिप्रदी समूहका प्रवर्दक हुन् । यता सिप्रदी ट्रेडिङले व्यापार व्यवसायतर्फ सबैभन्दा बढी कर तिरी सम्मान प्राप्त गरेको छ ।
यस्तै सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सूर्य नेपालका उपाध्यक्ष रवि केसी सम्मानित भएका छन् । यस्तै उद्योगमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये आयकर तिर्ने करदाता राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, सहकारी संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने करदाता राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्था तथा लघु वित्तमध्ये हिमालय बैंक लिमिटेड सम्मानित भएका छन् । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजिज सम्मानित भयो ।
बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवातर्फ त्रियोग उच्च मावि, सूचना प्रविधि सेवातर्फ वल्र्ड कम्युनिकेसन प्रालि, पर्यटन व्यवसायतर्फ टाइगर टप्स प्रालिले सम्मान पाए। त्यसैगरी, रु पाँच करोडसम्मको कारोबार भएकामध्ये सबैभन्दा बढी कर तिर्ने साना करदाता डा उपेन्द्र देवकोटाले सम्मान पाए । यस्तै ४० करोडसम्मको कारोबार भएका मझौला करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने गोर्खा डेभलपमेन्ट बैैंक र समयमै कर बुझाउने पवनकुमार इन्टरनेशनल पनि सम्मानित भएका छन् ।
यह्द्यपी उक्त सम्मान कार्यक्रममा ठुला व्यवसायीको भने नाम निशान नै देखिएन । नेपालका खर्वपति भनेर चिनिने चौधरी समूह, अरवौंको प्रोजेक्ट गरिरहेको दावी गर्ने चन्द्रागिरी हिल्स, खेतान समूह, गोल्छा समूह लगायत उक्त सम्मानमा कोहि पनि परेनन् । आन्तरिक राजश्व विभागलाई पनि यी कथित ठुला व्यवसायीहरुलाई छाड्ने गरेको आरोप पटक पटक लाग्ने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्