×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड जिताउन राप्रपाबाट आएका तिमल्सिनालाई माओवादी कार्यकर्ताले हत्या गर्न खोजेपछि….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्ड जिताउन राप्रपाबाट आएका तिमल्सिनालाई माओवादी कार्यकर्ताले हत्या गर्न खोजेपछि….

Artha Sarokar

२१ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – राप्रपा चितवनका अध्यक्ष बद्री तिमल्सिना तामझामसाथ नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । अघिल्लो निर्वाचनमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे जिताउन भूमिका खेलेका तिमल्सिनाले यसपटक आफूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसरी पनि जिताउने बाचा गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा उनले आफू राप्रपाको कार्यालयमा ताला लगाएर माओवादी आएको बताएका थिए । तिमल्सिनालाई भित्र्याएपछि प्रचण्डका प्रत्यासी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पाण्डे सजिलै पराजित हुने भन्दै माओवादी नेता कार्यकर्ता हौसिएका छन् । तर, तिनै तिमल्सिनालाई कुनै बेला माओवादीले सफाया अर्थात हत्याको योजना बनाएको थियो । तिमल्सिना तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालका बेला भएको स्थानीय निर्वाचनमा भरतपुृर नगरपालिकाको मेयर पदका उम्मेदवार थिए ।
उनी माओवादी प्रतिकार समिति चितवनको संयोजक समेत थिए । माओवादीले राजाले गराएको चुनावमा उम्मेदवार नबन्न र प्रतिकार समितिमा नबस्न आग्रह गर्दा तिमल्सिनाले मानेका थिएनन् । त्यसपछि माओवादीले तिमल्सिनालाई अपहरण गरी सफायको योजना बनायो । माओवादी कार्यकर्ता आफूलाई अपहरण गर्न आउँदै गरेको सूचना माओवादीभित्रैबाट तिमल्सिनाले पाए । भागेर ज्यान बचाए । ‘हामी उनलाई गिरफ्तार गर्न भनेर गयौं, हामी नपुग्दै हामीमध्ये कसैले सूचना चुहाएका कारण भागेर ज्यान बचाएछन्’, माओवादी चितवनका एक नेताले भने ।

अहिले के भन्छ माओवादी ? 

माओवादी केन्द्रका चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले त्यतिबेला के भएको थियो भन्ने आफूलार्इं जानकारी नभएको बताउँछन् । ‘मलाई त्यतिबेलाको केही थाहा छैन’, उनले भने, ‘अहिले उहाँ हाम्रो पार्टीमा आउनुभएको चाहिं थाहा छ ।’ भट्टराईले विगतका घटना परिघटनालाई आधार बनाएर अहिले कसैमाथि धारणा बनाउन नहुने तर्क गरे । इन्चार्ज भट्टराई नारायणकाजी श्रेष्ठसँगै पार्टी एकतामार्फत तत्कालिन एकता केन्द्र–मसालबाट आएका हुन् ।
जनयुद्धमा प्रत्यक्ष संलग्न नभएको हुनाले आफूलाई कतिपय युद्धकालिन विषयमा जानकारी नहुनु स्वभाविक भएको उनको भनाइ थियो । ‘यदि त्यस्तै थियो भने पनि अहिले उहाँको सोचाइमा परिवर्तन भएर माओवादीमा आउनुभएको हो’, भट्टराईले भने, ‘हरेक नागरिकलाई आफूलाई मन परेको विचार वा पार्टीमा आबद्ध हुने अधिकार छ ।’ –  काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी