×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको नयाँ वेवसाइट भयो लाइभ, डेपुटी सीइओले ‘लग अन’ गरेर गरे सार्वजनिक !

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंकको नयाँ वेवसाइट भयो लाइभ, डेपुटी सीइओले ‘लग अन’ गरेर गरे सार्वजनिक !

२० मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ –  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक website सार्वजनिक गरेको छ ।यस website लाई www.ctznbank.com मा हेर्न सकिने छ । यस website लाई Dynamic version मा स्तर बृद्वि गरिएको छर अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोनबाट सजिलै प्रयोग गर्न सकिने बताइएको छ।
उक्त वेवसाइटबाट घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध  रहेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । Online ASBA, Demat, KYC, Mero Share, Smart Banking जस्ता आकर्षणहरु उक्त वेव साइटमा रहेको बताइएको छ । 
उक्त वेव साइटको सर्वजनिकरण गर्दै गर्दा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे कुरा व्यक्त गरे । आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी गराए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: