Skip to content
LAXMI SUNRISE BANK

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ११औं शाखा शिवपुरमा

अर्थ सरोकार

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले तिलोत्तमा नगरपालिका–८ शिवपुरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुरु गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो ११ औं शाखा हो । शाखाको स्वामी कृपालुजी महाराजकी कृपाप्राप्त प्रचारिका सुरश्री निकुंजेश्वरी देवीले उद्घाटन गरिन् । 
सो अवसरमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुमा वचत गर्ने र ऋण लिएर उद्यमशील हुने व्यक्तिले मात्रै आफ्नो जीवनमा सफलता प्राप्त गर्ने धारणा राखिन् । 
बैंकका अध्यक्ष पशुपति घिमिरेले बैंकिङ पहुच नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने नीति अनुसार बैंक अगाडि बढेको बताउंदै बैंकले सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको बताए । 
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालले यसै आर्थिक वर्षभित्र रुपन्देहीका मानपकडी,अमुवा, लखनचोक, बेलवास, नवलपरासीको बेलाटारी र बुटवलको कालिकानगरमा गरी ६ वटा नयाँ शाखा स्थापना गर्न गइरहेको जानकारी गराए । 
बैंकको अधिकृत पुंजी ६० करोड,चुक्ता पुंजी हाल ४२ करोड रहेको र हकप्रद सेयर विक्रिपछि राष्ट्र बैंकले तोके अनुसार ५० करोड पुग्ने प्रकृयामा रहेको र हालसम्म २ अर्ब निक्षेप संकलन तथा एक अर्ब ७२ करोड कर्जा लगानी गरी गत आर्थिक वर्षमा ५ करोड ६८ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले जानकारी गराए । 
सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु साहनी, कांग्रेस नगर सभापति हरिलाल पाण्डे, एमालेका बाबुराम अर्याल, शिवपुर माविका अध्यक्ष होमबहादुर केसी, वडा नंं ११ का वडा सदस्य यज्ञश्वर क्षेत्री,शिवपुर आमा समूहकी उपाध्यक्ष तुल्सी गुरुङ, आधारभूत सहकारीका उपाध्यक्ष विष्णु बराल,बलबहादुर पाण्डे लगायतले स्थानीय जनतालाई उद्यमशील बनाउन बैंकले उतपादनशील क्षेत्रमा लगानी गर्नुपर्र्र्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन बैंकका कर्मचारी कृष्ण पन्थीले गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK