×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी महिनाकै लाखौँ भ्याट छली गर्छ इन्द्रेणी फुडल्याण्ड, क्याफेका वेटर नै यसरी महिनाको लाखौँ कमाउँछन् !

PRIME CA

यसरी महिनाकै लाखौँ भ्याट छली गर्छ इन्द्रेणी फुडल्याण्ड, क्याफेका वेटर नै यसरी महिनाको लाखौँ कमाउँछन् !

५ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी बैकोइटमा सञ्चालित कफी शपमा केहि दिनअघि अर्थ सरोकारकर्मी एक मित्रसँग कफी खान पुगे । तीन जनाको सानो भेटघाटपछी बिल तिर्ने समय आयो र बिल मगाइयो । हातमा केहि खेस्रा लिएर रेष्टुरेन्टकि एक कर्मचारी आएर बोलिन्, ‘सर कम्प्युटर बिग्रिएको छ, बिल निस्किएन । तपाईंको १०३० रुपैयाँ भयो ।’
‘अनि भ्याट जोड्नुभयो ?’ हाम्रो प्रश्नमा उनी बोलिन् ‘अँ भ्याटपनि जोडेको ।’ ‘अनि कम्प्युटरमा इन्ट्री नगरी कसरि भ्याट तिर्नु त ?’ हाम्रो प्रश्नमा उनले सहज उत्तर दिइन्, ‘अहिले बिग्रिएको छ, खुलेपछि इन्ट्री गर्छौं ।”अनि यो खेस्रा हामीलाई दिनुहोस् न त !’ हाम्रो आग्रहमा उनले भनिन्, ‘सर यो दिन मिल्दैन । यसो अर्को पटक आउँदा सम्झाउनुस् न बिल दिउँला ।’ व्यावहारिक रुपमा नमिल्ने कुरा गरेर उनले हामीसँग भ्याट लिएर आफ्नै पोल्टामा राखेको कुरा पत्ता लाग्यो । हामीजस्तै अन्य थुप्रै समूहपनि रेष्टुरेन्टमा थियो । उक्त क्याफेबाट महिनामा लाखौँ रुपैयाँ छली हुँदो रहेछ भन्ने पनि स्पष्ट भयो । 

कम्प्युटर बिग्रिएको भन्दै लाखौँको भ्याट छली 
यस्तै केहि दिनअघि पिज्जा हटमै पनि यहि भएको थियो । हामीले पिज्जाहटको बिल मगाउँदा त्यहाँका कर्मचारीले कम्प्युटर बिग्रिएको भन्दै हामीलाई खेस्रामा ल्याएर बिलको रकम सुनाइन् । आखिर किन यसरी बिग्रिन्छ त रेष्टुरेन्टका बिल । अनुसन्धान गर्दै जाँदा, यहाँ त ठुलो रहस्य पो भेटियो । कम्प्युटर बिग्रिएको भन्दै रेष्टुरेन्टका कर्मचारीले लाखौँ रुपैयाँ भ्याट आफ्नो पोल्टामा पार्दो रहेछ । अनि ग्राहकबाट उठाएको रकम जम्मा गरेर केहि कर्मचारीबीच बाँडफांड हुँदोरहेछ । अनि सामान्य वेटर वा क्यास काउन्टरको कमाइ पनि लाखौँ हुँदो रहेछ ।

सरासर भ्याटछली, तर अनुगमन छैन !
यसरी काठमाडौँको इन्द्रेणी होटल, पिज्जा हट लगायतका केहि नाम चलेका रेष्टुरेन्टहरुमा यस्तो ठगी धन्दा हुँदा पनि कोहि बोलेको छैन । जनताले राज्यलाई बुझाउन दिएको कर होटलका कर्मचारीहरुले आफ्नो पोल्टामा राखेको प्रमाणित हुँदा पनि न आन्तरिक राजश्व विभाग बोलेको छ, न अन्य कुनै निकायले यस विषयमा चासो देखाएको छ । कतिपय रेष्टुरेन्टहरुमा यस्तो धन्दा गुपचुप हुने गरेको छ भने इन्द्रेणी होटल, पिज्जा हट लगायतका रेष्टुरेन्टहरुमा हाकिमहरुकै मिलेमतोमा यसरी लाखौँ रुपैयाँको भ्याट छली हुने गरेको छ । 

वेटरको कमाइ नै ५० हजार बढी, जनता ठगेर मोटाउँदैछन् रेष्टुरेन्टहरु !
इन्द्रेणी फूडल्याण्डका एक कर्मचारीले नै दिएको गोप्य जानकारी अनुसार यसरी भ्याटवापत जम्मा गरेको रकम थुप्रै हुन्छ । हाकिमको मिलेमतोमा यस्तो काम गरिएको ठाउँमा हाकिमले मोटो रकम भ्याट पचाउंछन् भने हाकिमलाइ पत्तो नदिन मेनेजर, वेटर र काउन्टरका कर्मचारी मिलेर यसरी भ्याट छल्ने गरेको र महिनाको अन्त्यमा त्यसलाई बाँडने गरेको खुलासा भएको छ । यसरी गलत काम गर्ने कतिपय रेष्टुरेन्टका हाकिमहरुले राजश्व विभागका कर्मचारीसँग नै आफ्नो साँठगांठ रहेको खुल्लमखुल्ला रुपमा बताउँदै आएका छन् ।

‘बिल नदिनु अपराध हो तर बिल नलिनुपनि गलत हो’ : करविज्ञ 
यस विषयमा हामीले करविज्ञ सिए शेष मणि दाहालसँग सोधेका थियौं । ‘रेष्टुरेन्टले भ्याट लिएर बिल दिएन । यो गलत होइन ?’ हाम्रो प्रश्नमा सिए दाहाल भन्छन्, ‘गलतमात्र होइन त्यो अपराध नै हो । भ्याट उठाएपछी बिजक जारी गर्नुपर्छ । भ्याट बिजक जारी नगर्नु, कम मूल्यको बिजक जारी गर्नु दुवै अपराध हो । अर्कोतर्फ भ्याट बिल नालिनुपनि गलत हो । भ्याट बुझाएपछी बिजक लिनुपर्छ । म भ्याट तिर्दिन, बिलपनि लिन्न भन्नु पनि गलत हो । भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले आफ्नो सेवा वा वस्तु बिक्री गर्दा बिजक जारी गर्नैपर्छ।
के भन्छ कर कार्यालय ?
यस विषयमा हामीले करदाता सेवा कार्यालय, नयाँ बानेश्वरमा बुझेका थियौं । ‘कम्प्युटर कहिलेकाहीं बिग्रनु सामान्य हो । तर कम्प्युटर बिग्रिएको भनेर भ्याट छली हुन्छ भन्ने हामीले पनि सुनेको हो ।’ कार्यालयका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘हाकिमहरु बोल्दैनन्, हामीले बोले जागिर जान्छ । के गर्नु ? इन्द्रेणीमात्र होइन, बानेश्वरका धेरै रेष्टुरेन्टले यस्तो गर्छन् ।’ उनका अनुसार उजुरी गरेको खण्डमा भने कारवाहीको प्रक्रिया अगाडी बढ्ने सम्भावना रहन्छ । ‘उजुरी दिनुहोस्, केहि होला । कार्यालयले बुझेर त केहि गर्दैन ।’ हामीले हाकिमसापसँग कुरा गर्छौं ? कहाँ हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘पुष सकियो । अहिले अफिसमा हुनुहुन्न।’ यता आन्तरिक राजश्व विभागका सुचना अधिकारी यज्ञ प्रसाद ढुंगेलले भने भ्याट दर्ता भएका कुनै पनि कम्पनीले बिजक जारी नगर्नु गैरकानुनी रहेको स्पष्ट पारेका छन् । एक प्रशंगका बीच ‘कसैले सेवा दियो र बिजक दिएन भने के हुन्छ ?’ भन्ने हाम्रो प्रश्नमा  उनले भने, ‘त्यो त सरासर अपराध हो। ‘
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: