×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भको आइपीओ फागुन १५ देखि खुल्दै, कहाँ जाने फारम भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरम्भको आइपीओ फागुन १५ देखि खुल्दै, कहाँ जाने फारम भर्न ?

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन १५ गतेदेखि आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले २ लाख ९४ हजार कित्ता आइपीओ १०० रुपैयाँ दरले निष्कासन गर्न लागेको हो । यसमध्ये ८ हजार ८२० कित्ता (३%) सेयर कर्मचारी र १४ हजार ७०० कित्ता (५%) म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । यो आइपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने फागुन २९ गतेसम्म भर्न सकिने व्यवस्था छ ।
लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ४९% आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । आइपीओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी